डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ । धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । प्रहरीका अनुसार आगजनीबाट टावरको सोलार पाता, जली, चार्जगर्ने १२ वटा भोेल्ट व्याट्री जलेको छ भने […]Read More
जिल्ला प्रहरी कार्यालय सुर्खेतले संरक्षित वन्यजन्तु बँदेलजस्तो देखिने काँचो मासु अवैधरूपमा ओसारपसार गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत मूलपानी चोकबाट आज प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कर्णाली प्रदेश ०२००१ ख ०२६२ नम्बरको सेतो रङ्गको फोर्स गाडीमा जाँच गर्दा […]Read More
जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गर्ने नौविरुद्ध सार्वजनिक मुद्दा लगाइएको छ । हिमा गाउँपालिका–१ जुम्ला मोफ्ला गाउँका १६ वर्षीय किशोरी बबिता रोकायको हत्यामा संलग्न लगायत शंकास्पदको अनुसन्धान गर्नुपर्ने दबाब दिँदै आएका पीडितलले आज अपरान्ह प्रशासन कार्यालयमाथि ढुंगामुढा गरेका थिए । प्रशासनमाथि तोडफोड गर्ने नौजनालाई सार्वजनिक मुद्दा लगाइएको छ । मुद्दा लगाइएका नौ जनासहित स्थानीयको ढुंगा […]Read More
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले हङ्कङ उडानका लागि सरकारी प्रयोगशालाको पिसिआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने भएको छ । सरकारी मान्यताप्राप्त प्रयोगशालाबाट ७२ घण्टा भित्र प्राप्त रिपोर्टको आधारमा यात्रा गराउदा समेत यात्रुको पुनः पोजेटिभ देखिएको चिन्ता व्यक्त गर्दै निगमले अर्को व्यवस्था नभएसम्मका लागि हङकङ उडानमा सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेको […]Read More
चक्रपथ सरसफाई अभियानका प्रमुख अभियन्ता ताराबहादुर कुँवरले २६ औं चरणको राहत वितरण गरेका छन् । उनले पछिल्लो समयमा बौद्धको हायत होटल अगाडि एक सय जना दृष्टिविहीनलाई राहत वितरण गरेको जनाएका छन् । समाजसेवाका हरेक क्षेत्रमा अगाडि बढ्दै आएका उनले कोरोना भाइरसका कारण भएको लकडाउनदेखि नै राहत स्वरुप चामल, दाल, चिनी, आलुलगायतका सामग्री वितरण गर्दै आएका […]Read More
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा आज बिहान श्रीमती र छोरीमाथि तेजाब प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० घर भई हाल वडा नंं ७ जानकीनगरमा बस्ने सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको हो । साहले श्रीमती आरती र छोरी रिया साहको शरीरमा समेत तेजाब प्रहार गरेको प्रहरीले जनाएको छ । […]Read More
यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप १९ वर्षीया सङ्क्रमित एक किशोरीको मृत्यु भएको छ । सनुसरीको बराहक्षेत्र नगरपालिका–५ की किशोरीको आज उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी भएकी उनलाई शक्रबार मात्र कोभिड अस्पताल भर्ना गरिएको थियो । शुक्रबार नै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको […]Read More
भूकम्पको असरले सुकेको पानीको मुहान यथास्थानमै पुनः फर्किएपछि चिलिमे तातोपानी क्षेत्रमा चहलपहल बढ्दै गएको छ । उपचार पद्धतिमा प्रयोग हुँदै आएको चिलिमे तातोपानी विसं २०७२ को भूकम्पको असरले पूरै मुहान सुकिसकेको अवस्थामा गत भदौ ३१ मा आएको पछिल्लो ठूलोे भूकम्प पछि यथास्थानबाटै मुहान प्रवाह भइरहेकाले त्यस भेकका बासिन्दा खुशी भएका छन् । गानुगोला, बाथ, छाला, […]Read More
काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालीको महान् पर्व शुभ दीपावली (तिहार )को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । तिहारको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै मन्त्री भट्टराईले उज्यालो पर्वले सम्पूर्ण नेपालीको मुहारमा सुख छाउन सकोस्, आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भावRead More
काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेका छन् । त्यस्तै काेराेना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको छ।पछिल्लो २४ घण्टामा २५०३ जना डिस्चार्ज भएका छन्। योसँगै निको […]Read More