कप्तान चेम्जोङ भन्छन – फाइनलमा भारतसँग खेल्दा गोर्खाली जसरी खेल्छौँ ।


काठमाडौ : नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भारतविरुद्धको फाइनलमा गोर्खाली शैलीमा खेल्ने बताएका छन्। शुक्रबार प्री-म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले जितका लागि गोर्खाली शैली अप्नाउने बताएका हुन्।

‘भोलि हाम्रो लागि ठूलो दिन हो । भोलि हाम्रो सबै थोक हो । हामी जितका लागि सबैथोक दिने छौँ । हामी गोर्खाली जसरी खेल्ने छौँ,’कप्तान किरणले भने ।किरणले विगतलाई भुलेर उपाधि उचाल्ने गरी खेल्ने पनि बताए। ‘हामी विगततिर फर्किएर बस्दैनौँ, त्यसको वास्ता गर्दैनौँ।

विगत त गइसक्यो,’ उनले भने, ‘हामीले विगतमा के गर्यौं? त्यसलाई मतलब गर्ने छैनौँ। हामीले भोलिको खेलबारे मात्रै सोचेका छौँ।’ पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपालले शनिबार उपाधिकालागि भारतसँग प्रतिस्पर्धा गर्दैछ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ। यस अघि लिग चरणमा भारतले नेपाललाई १-० ले पराजित गरेको थियो।

यता – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिप अन्तर्गत भारतविरु’द्ध हुने फाइनल खेल गुमाउनेछन् । आफू उपस्थित नभएपनि आफ्ना सहकर्मीले मिहिनेत गरेर नेपाललाई फाइनल जिताउने उनले बताएका छन् ।

अन्जनले शुक्रबार सामाजिक संजालमा लेख्दै भारतवि’रुद्ध खेलपछि दर्शकबाट आफूलाई ग’द्दारको संज्ञा दिँदै आएको गालीप्रति दुख समेत व्यक्त गरेका छन् । उनले आफू सधैं नेपालको लागि शत प्रतिशत मिहिनेत गर्ने बताउँदै फाइनलमा आफू नभएपनि टोलीका अन्य खेलाडीले मिहिनेत गरेर टोलीलाई जिताउने बताए ।

अन्जनले सामाजिक संजालमा लेखेका छन्, ‘मैले राष्ट्रिय टोलीका लागि डेब्यु गरेको दिनदेखि नै आफ्नो देशको लागि सबथोक दिँदै शत प्रतिशत प्रतिव’द्ध भएर लागेको छु । भारतविरु’द्ध खेलपछि मैले धेरै गालीको संदेश पाएँ, केहीले मलाई देशको ग’द्दार समेत भने ।

मैले समर्थकबाट यस्तो अपेक्षा गरेको थिइनँ । तर मैले अझै बलियो बनेर अघि बढ्न सिकेको छु । टोली समस्यामा हुँदा यस्तो संदेश दिने असली समर्थक होइनन् । यदि तपाईंले कठिन मोडमा टोलीलाई साथ दिन सक्नुहुन्न भने तपाईं जितको बेलामा पनि साथ दिन लायक हुनुहुन्न ।’

‘हारको बेलामा खेलाडीले गाली खाएको यो पहिलो अवसर होइन । म सबैलाई यस्तो गलत कार्य नगर्न आग्रह गर्दछु । हामी हरेक खेल गर्वका साथ खेल्छौं र आफू व्यक्तिगत रुपमा नभएर देशको लागि खेल्छौं । देश नेपाल जसको सुर्य र चन्द्रले हामी वीर नेपालीको शालीनता र स्वच्छ भावना दर्शाउँछ ।

हामी गोर्खाली हौं र हामी तपाईंको साथ र सहयोगले अझ बलियो बन्छौं, न की तपाईंको खराब शब्दले ।’‘म व्यक्तिगत रुपमा फाइनल खेल्न नपाउँदा एकदम दुखि छु । मैले मैदानमा रहँदा सधैं शत प्रतिशत मिहिनेत गरेको छु । म आफू त मैदानमा हुन्न तर मलाई थाहा छ मेरो सहकर्मीहरुले सबथोक दिनेछन् । यहाँबाट अघि बढौं । टोलीका लागि सधैं साथ छु । अब यो अन्तिम खेलका लागि एकसाथ बढौं ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज