चिनियाँ राजदूत यान्छीले दशैँको टीका लगाइनन्, अरुलाई लगाइदिइन् !


काठमाडौँ : नेपालका लागि चिनिया राजदूत हउ यान्छीले आफ्ना सहकर्मीहरुलाई दशैँको टीका र जमरा लगाइदिएकी छन् । तर उनी आफूले भने टीका लगाएको देखिएन ।

सामाजिक सञ्जालमार्फत दशैँ मनाइरहेका तस्वीर सार्वजनिक गर्दै राजदूत यान्छीले भनेकी छन्, ‘म मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु ।

सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु ।’ यसअघि नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले भने नेपाली संस्कार अनुसार मान्यजनबाट टीक तथा जमरा आफूले पनि लगाएका थिए र अरूलाइ पनि लगाइदिएका थिए ।

थप समाचार,
राष्ट्रपति भण्डारीद्वारा शुभ साइतमै आमा र गुरुको हातबाट टीका ग्रहण ।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आमा र गुरुको हातबाट दशैँको टीका र जमरा लगाउनु भएको छ । उहाँले राष्ट्रपति भण्डारीले शीतलनिवासमा आमा र गुरुबाट बडा दसैंको टीका ग्रहण गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डे र गुरु खेमराज ढकालको हातबाट शुभ साइतमै टीका, जमरा र आशीर्वाद ग्रहण गर्नुभएको हो ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज