डा.सुन्दरमणि दिक्षित भन्नुहुन्छ : अब राजतन्त्रको आवश्यकता छैन ।


काठमाडौं : नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले आफू हिन्दूराष्टको पक्षमा नभएको जिकिर गरेका छन् । आफू हिन्दू भएको चाहीँ उनले सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

हिजो नेपाल हिन्दूराष्ट हुँदाको पशुपति र आजको पशुपतिमा धेरै फरक रहेको भन्दै आजको पशुपति धेरै राम्रो भएको उनको भनाई छ ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धर्मसँग जोड्न नहुने टिप्पणी गरेका छन् । आफूले सधैं मर्निक वाक गर्ने गरेको र यो अनन्तको यात्रासँग जोडिएको पनि दिक्षितले सुनाए ।

ज्ञानेन्द्र शाहले राजाबिनाको प्रजातन्त्र र प्रजातन्त्रबिनाको राजसंस्था नेपालमा सान्दर्भिक नभएको भनेर दिएको अभिव्यक्तिप्रति उनले आपत्ति जनाए ।

उनले आफू ज्ञानेन्द्रको पक्षमा उभिनै नसक्नेपनि जिकिर गरे ।
ज्ञानेन्द्रले नेपालमा कु गरेकोले उनको पक्षमा आफू उभिनै नसक्ने पनि दाबी गरे । उनले आफूले अब ज्ञानेन्द्र आउ भनेर भन्न नसक्ने पनि सुनाए ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज