कोरिया जाने नेपाली श्रमिकले विद्युतीय कार्डको माध्यमबाट १५०० डलर साट्नुपर्ने


काठमाडौ : नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारलाई एक हजार ५०० डलरसम्म सटही सुविधा दिएको छ । राष्ट्र बैंकले दक्षिण कोरिया जाने

कामदारले क्वारेन्टिन बस्नुपर्ने गरी वैदेशिक विभागको पत्रका आधारमा एक हजार ५०० डलरसम्म सटही सुविधा पाउने बताएको हो । तर, यो सटही सुविधा विद्युतीय कार्डको माध्यमबाट उपलब्ध गराउने केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

यसबाहेक, अन्य देशमा वैदेशिक रोजगारीका लागि जाने कामदारलाई भने राहदानी बापत २०० डलरभन्दा बढी सटही नदिन बैंकले निर्देशन दिएको छ ।

थप समाचार,
कोरिया जाने कमिटेड कामदारलाई थप एकहजार पाँचसय डलर!

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली प्रतिबद्ध (कमिटेड) कामदारका लागि अमेरिकी डलर सुविधामा थप गरिएको छ। नेपाल राष्ट्र बैङ्कले सोमबार विदेशी विनिमय

कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका निकायलाई कोरिया जाने नेपाली प्रतिबद्ध कामदारका लागि थप एक हजार पाँच सय अमेरिकी डलर सटहीको सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो।

वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत दुई सय अमेरिकी डलर मात्र उपलब्ध गराउँदै आएको छ। दक्षिण कोरियामा जाने प्रतिबद्ध कामदारले को’भिड–१९ का कारण क्वारेन्टाइमा बस्नुपर्ने भएकाले सो खर्चका लागि थप सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो ।-हाम्रा खबर

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज