मध्यपश्चिम र भारतको चण्डीगढ विश्वविद्यालयबीच सम्झौता – Thulo Khabar


२८ असोज, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयबीच दोस्रो पटक शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई बढावा दिने उद्देश्यले समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेका छन्।

भारतको पञ्जाबमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंह र चण्डीगढ विश्वविद्यालयका सहकुलपति प्रा.डा आरएस बावाले सो समझदारीपत्रमा मंगलबार हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म समझदारीपत्र लागू हुनेछ । पहिलो पटक २०१६ मा भएको र उक्त सम्झौताको समयावधि सकिएपछि पुनः सम्झौता भएको मध्यपश्चिम विश्वविद्यालयका प्रशासन अधिकृत दिनेश गौतमले जानकारी दिए ।

सम्झौतापत्र अनुसार दुवै विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, संकाय र विद्यार्थी आदानप्रदान, अनुसन्धान सहयोग, गुणस्तरीय शिक्षा, सकारात्मक वातावरण, परिवर्तनकारी पहल, सांस्कृतिक र प्रासंगिक विकास मोडेल विस्तारका साथै द्विपक्षीय सम्बन्धलाई बढावा दिनेछन् ।

अघिल्लो सम्झौतामा विद्यार्थी तथा प्राध्यापकहरुको भ्रमण, एक अर्को कलेजको शैक्षिक कायक्रमहरु बुझ्ने कार्यहरु भएपनि आदान प्रदान चैं नभएको तर यो सम्झौतापछि हुने विश्वास रहेको प्रशासन अधिकृत दिनेश गौतम बताउँछन् । उनी भन्छन् ‘अघिल्लो सम्झौतामा सबै प्रभावकारी भएन । अब यो सम्झौतापछि चाँहि एमओयूमा भए अनुसार कार्यहरु गर्न सकिन्छ भन्ने विश्वास छ ।

हस्ताक्षर समारोहमा दुवै विश्वविद्यालयका उच्च पदाधिकारी, प्राध्यापकहरूको सहभागिता थियो ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज