कतारले यी ३ कानुन उलङ्घन गरेका आप्रवासीलाई मात्रै वैधानिक बन्ने अवसर दिने ।(सूचना सहित)


दोहा : नेपालीहरुको प्रमुख श्रम गन्तब्य रहेको कतारले अवैधानिक रुपमा बसेका नेपालीसहित विदेशी कामदारलाई आफ्नो अबै’ध आवासीय स्थिति सच्याउने अवसर दिएको छ ।

कतारको आन्तरिक मन्त्रालयले बिशेष अ’वसरलाई आप्रबासी कामदारहरूकै मातृभाषामा अनुवाद गरी दिएको समयसीमा भित्रै वै’धानिक बन्न सचेत पार्न प्रचार प्रसार गरिरहेको छ । जसमा नेपाली भाषामा पनि मन्त्रालयले एक सूचना जारी गरेको छ ।

मन्त्रालयले नेपाली भाषामा जारी गरेको सूचना अनुसार कानुन उल’ङ्घन गरेका सबै आप्रबासी वा रोजगारदाता/प्र’योजकहरुलाई सर्च एन्ड फलो अप डिपा’र्टमेन्टमा वा उम सलाल, उम सुनैम, मेसाइमिर, अल वक्रा र अल रयान सर्भिस सेन्टरमा गई आवेदन पेश गरी सजाय तथा जरि’वाना बिनै मा’फीको सु’विधा लिन आग्रह गरेको छ ।

माथि उल्लेखित स्थानहरु दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला रहने मन्त्रालयले जनाएको छ । तीन प्रकारका कानुन उलङ्घ’न गरेकालाई वैधा’निक बन्ने अवसर दिएको हो ।

आवास नियम उल्लघंन गरेका आप्रवासी कार्य (वोर्किंङ भिसा), नियम उल्लघंन गरेका आप्रवासी पारिवारिक भ्रमणसम्बन्धी नियम उल्लघंन गरेका आप्रवासी उल्लेखित नियम उल्लघंन गरेका रोजगारदाताहरु वा आप्रवासी नागरिकलाई

यो घोषणामा उल्लेख गरिएको अवधिमा तोकिएको निकायमा गई आफ्नो कानुनी है’सियत संशोधन गरी लाभा’न्वित र कानुनी कारबाहीबाट बँच्न मन्त्रालयले आग्रह गरेको छ ।

यो प्रक्रिया आज शुरु भएर डिसेम्बर ३१ सम्म जारी रहनेछ । कतार सरकारको यो निर्देशन २०१५ को कानून नं ​​२१ को प्राव’धान अन्तर्गत आप्रवासीहरुको बसाई तथा बाहिरिने नियम अन्तर्गत जारी गरिएको जनाएको छ ।

कतार सरकारले आममाफी दिने निणर्य गरेसंगै यहाँ गैरकानुनी रुपमा बसेका थुप्रै नेपाली कामदारहरु ला’भान्वित हुने अपेक्षा गरिएको छ भने अहिलेसम्म यस प्रक्रिया बारे दोहास्थित नेपाली दूतावासले केहि सूचना जारी गरेको छैन् ।

दूतावासका अनुसार कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली वैधा’निक रुपमा कार्यरत छन्। जसममा ११ हजार ९० जना महिला पनि कार्यरत छन् । यस्तो छ मन्त्रालयले नेपाली भाषामा जारी गरेको सूचना ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज