गुगलले उच्च जोखिममा रहेका हाई प्रोफाइल व्यक्तिहरुलाई ‘सेक्यूरिटी की’ दिने


गुगलले उच्च जोखिममा रहेका हाई प्रोफाइल व्यक्तिहरुलाई ‘सेक्यूरिटी की’ दिने
NTC_Advt

गुगलले ह्याक हुने उच्च जोखिममा रहेका १०,००० प्रयोगकर्ताहरुलाई नि:शुल्क भौतिक यूएसबी सुरक्षा साँचो दिइरहेको छ । यसमा राजनीतिज्ञ र मानव अधिकार कार्यकर्तालगायत समावेश रहेको बताईएको छ।

यूएसबी की टू फ्याक्टर अथेन्टिकेसन प्रदान गर्नेछ जसले पासवर्ड बाहिर सुरक्षाको एक अतिरिक्त तह बनाउँदछ ।

बीबीसीकाअनुसार गुगलले मानिसहरुलाई उच्च प्रोफाईल प्रयोगकर्ताहरुको लागी ” एडभान्स सुरक्षा कार्यक्रम” मा सामेल हुनको लागी प्रोत्साहित गर्न चाहेको बताएको छ ।

फर्मले जीमेल प्रयोगकर्ताहरुलाई ह्याकरहरुद्वारा लक्षित गरीयो भनेर चेतावनीका साथ हजारौं ईमेल पठाइएको समाचारपछि यो विषय आएको छ।

गुगलको खतरा विश्लेषण समूहका निर्देशक शेन हन्टलेले एक विज्ञप्तिमा सेप्टेम्बरको अन्त्यमा गुगलले १४,००० जीमेल प्रयोगकर्ताहरुलाई लक्षित गरी अभियान चलाएको पत्ता लगाएपछि चेतावनी जारी गरिएको जानकारी दिए।

हन्टले भनेअनुसार यो अभियान रूससंग जोडिएको एक ह्याकिङ्ग समूह  एपीटी२८ (APT28) बाट आयो र यसमा एक फिसिङ्ग प्रयास गरिएको थियो । जो एक ईमेल अभियान हो जसले उनीहरुको पासवर्ड बाहिर निकाल्नका लागि हेर्दा आधिकारीक ईमेल जस्तै डिजाइन गरीएको थियो ।

एपीटी२८ लाई फ्यान्सी बियर भनेर समेत चिनिन्छ जसलाई अमेरिकी र बेलायती सरकारकाअनुसार रुसको सेनासँग सम्बन्धित भएको मान्दछन् ।

सो ग्रुपले उच्च प्रोफाइल भएका व्यक्तिहरुलाई लक्षित गरेर ह्याकको प्रयास गरेको थियो ।

सन् २०१६ मा, डेल सेक्युरवर्क्सले समूहद्वारा फिसिङ्ग अभियानको मापन र दायरा प्रकट गर्यो जसमा लगभग ४,००० जीमेल खाताहरु तथा कर्पोरेट र संगठनात्मक ईमेल खाताहरु थिए जसले जीमेललाई सेवाको रुपमा प्रयोग गरेका थिए ।

TK Viber

प्रकाशित: २७ आश्विन २०७८, बुधबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज