कोरिया जाने कमिटेड कामदारलाई थप एकहजार पाँचसय डलर !


काठमाडौ : वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली प्रतिबद्ध (कमिटेड) कामदारका लागि अमेरिकी डलर सुविधामा थप गरिएको छ। नेपाल राष्ट्र बैङ्कले सोमबार

विदेशी विनिमय गर्न इजाजतपत्र प्राप्त गरेका निकायलाई कोरिया जाने नेपाली प्रतिबद्ध कामदारका लागि थप एक हजार पाँच सय अमेरिकी डलर सटहीको सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो।

वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत दुई सय अमेरिकी डलर मात्र उपलब्ध गराउँदै आएको छ। दक्षिण कोरियामा जाने प्रतिबद्ध कामदारले को’भिड–१९ का कारण क्वारेन्टाइमा बस्नुपर्ने भएकाले सो खर्चका लागि थप सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो ।

थप समाचार,
जिब्राल्टारको पोस्टमा नेदरल्यान्ड्सको ६ गोल, डिपाए चम्किए ।

एजेन्सी : फिफा विश्वकप-२०२२ छनोटमा नेदरल्यान्ड्सले सानदार जित निकालेको छ । गएराति भएको खेलमा नेदरल्यान्ड्सले जिब्राल्टारलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

नेदरल्यान्ड्सलाई सानदार जित दिलाउनको लागि मेम्फिस डिपाएले दुई गोल र दुई असिस्ट गरे । त्यस्तै भर्जि’ल भान डाइक, डेन्जेल डेम्फ्रे’ज, अर्नाउट डानजुमा र डोनियल मालेनले समान एक–एक गोल गरे ।

खेलको नवौं मिनेटमा भर्जिल भान डाइकको गोलबाट नेदरल्यान्ड्सले अग्रता दिएका थिए । उनले मेम्फिस डिपाएको पासमा गोल गरेका थिए ।

२१औं मिनेटमा डिपाएले गोल गर्दै अग्रता दोब्बर बनाए । उनले डाभी क्लासेनको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा डिपाएले गोल गर्दै ३-० को अग्रता बनाए ।

४८औं मिनेटम डेन्जेल डेम्फ्रेजले गोल गर्दै नेदरल्यान्ड्सलाई ४-० ले अघि बढाए । उनले नोआ लाङको पासलाई सदुपयोग गरेका थिए । ७५औं मिनेटमा अर्नाउट डानजुमाले गोल गर्दै ५-० को अग्रता दिलाए ।

८६औं मिनेटमा डो’नीयल मालेनले गोल गर्दै नेदरल्यान्ड्सलाई सानदार जित दिलाए । यो जितसँगै समूह ‘जी’ मा नेदरल्या|न्ड्स ८ खेलबाट १९ अंक जोडेर शी’र्षस्थानमा रहेको छ । पराजित जि’ब्राल्टार अंक’विहीन हुदै पुछारमा छ ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज