इन्टरनेट सेवा प्रदायकहरुको दशैंतिहार योजना, कसको अफर कस्तो?


दशैंतिहार लगायत विभिन्न चाडपर्वहरुका साथै नयाँ वर्षजस्ता विभिन्न अवसरमा विभिन्न ब्रान्डहरुले आफ्ना सेवा तथा उत्पादनको बजार विस्तारका लागि अफरहरु ल्याउने गर्छन्।

यस्ता अवसरमा दुई/चारपाङ्ग्रे सवारी, इन्टरनेट, टेलिभिजन, मोबाइल जस्ता इलेक्ट्रोनिक्स, लुगाकपडा, जुत्ता, होम अप्लायन्स लगायत सर्वसाधारणले प्रयोग गर्ने धेरै प्रकारका सेवा तथा सामग्रीमा छुटसहितका विभिन्न अफर/योजनाहरु सार्वजनिक गर्ने गर्छन्।

ग्राहकहरु पनि यस्तै अवसरमा पुराना सामान एक्सचेन्ज लगायत नयाँ सामान खरिद गर्ने पर्खाइमा बसेका हुन्छन्।

यसै क्रममा विभिन्न इन्टरनेट सेवा प्रदायकहरुले पनि दशैं तिहार लक्षित विशेष छुट तथा उपहारका योजना अघि सारेका छन्।

यस्ता छन् इन्टरनेट सेवा प्रदायक अर्थात् आईएसपीहरुका दशैंतिहार लक्षित् योजना:

वर्ल्डलिंक कम्युनिकेशन

वर्ल्डलिंक कम्युनिकेशनले ‘दशैंको बहार, डबल उपहार’ नामक अफर अगाडि सारेको छ। यसमा कम्पनीले ‘दोब्बर स्पीड, रकम उही’ भन्ने तथ्यलाई केन्द्रमा राखेको छ।

यसअघि तिरिरहेकै रकममा अब ग्राहकलाई दोब्बर ब्यान्डविथ प्रदान गर्ने यो योजनाको मुख्य लक्ष्य हो।

३० एमबीपीएस (१ टीभी) ४० एमबीपीएस(१ टीभी) ६० एमबीपीएस(२ टीभी) ८० एमबीपीएस(२ टीभी) १००  एमबीपीएस(१ टीभी)
६ महिना ७,९०० ८,६०० १०, १०० ११,५००
१२ महिना १३, २०० १४, ४०० १६, ८०० १९, २००

भायनेट कम्युनिकेशन

भायनेटले ‘बडा दशैंमा बडा स्पीड, बडा टीभी अफर’ नामको योजना बजारमा ल्याएको छ। यस योजना अन्तर्गत भायनेट इन्टरनेट र भाया टीभीको कनेक्शन लिँदा उही रकममा अझ धेरै स्पीड पाइने कम्पनीले जनाएको छ।

यसबाहेक यो सेवासँगै एमआईको ३२ र ५५ इन्चको एन्ड्रोइड टीभी बन्डलिङ गरेर लिएमा २२ प्रतिशतसम्मको छुट पाइने पनि योजनामा उल्लेख छ।

सुबिसु केबलनेट

सुबिसु केबलनेटले दशैंतिहारलाई लक्षित गरी ल्याएको योजनाको नाम हो सुबिसु दक्षिणा अफर हो। यो अफर अन्तर्गत ५० एमबीपीएसको इन्टरनेट अब वार्षिक १७ हजार ५९४ को सट्टा १३ हजार ९९९ मै पाइने कम्पनीको भनाइ छ।

कम्पनीले यो योजनाकोनारा ‘इन्टरनेट छ साथमा, दक्षिणा छ हातमा’ भन्ने राखेको छ।

डिशहोम फाइबरनेट

डिशहोम फाइबरनेटले दशैंलाई लक्षित गरेर ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्शन’ योजना ल्याएको छ। यो योजना अन्तर्गत नयाँ कनेक्शन लिनेले मासिक ८९९ रुपैयाँमा १०० एमबीपीएस क्षमताको इन्टरनेट साथै डुअल ब्यान्ड फाइभजी राउटर पनि पाउनेछन्।

यसबाहेक लक्की ड्रमार्फत् चार जनाले स्पेन घुम्न जान पाउनेछन्। यसबाहेक नयाँ कलेक्सनमा ग्राहकहरूले २ हजारको ला–लिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज