नेपाली निर्देशक भट्टले गरे सुनिल शेट्टीलाई फिल्म अफर !


काठमाडौं : एक्सन र थ्रिलर जनरमा फिल्म निर्देशन गर्दै आइरहेका मुकुन्द भट्टले आफ्नो नयाँ फिल्म ‘एक्स ९’ लाई बृहत् बनाउने तयारी थालेका छन् ।

नेपाली फिल्मनगरीका मह‌गा अभिनेता अनमोल केसीलाई लिड रोलमा अनुबन्ध गरेका मुकुन्दले बलिउड अभिनेता सुनिल शेट्टीलाई फिल्म अफर गरेका छन् । फिल्मको कुराकानी विभिन्न माध्यमबाट गरे पनि हालै उनले मुम्बईमा भेटेर अफर गरेका हुन् ।

पछिल्लो समय बलिउड तथा दक्षिण भारतीय फिल्ममा भिलेनको भूमिकामा देखिने गरेका सुनिललाई एन्टागोनिस्टकै भूमिका अफर गरिएको छ । मुकुन्दले सुनिलसँगको मौखिक कुराकानी सकारात्मक रहेको जनाउँदै सामाजिक सञ्जालमार्फत केही दिनमा यसबारे बता उने उल्लेख गरेका छन् ।

‘उहाँले मेरो पछिल्लो निर्देशित फिल्म हेर्नु भयो र मैले अपनाएको शैलीको तारिफ गर्नु भयो,’ निर्देशक भट्टले लेखेका छन्, ‘उहाँ आफ्नो भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ ।’

यद्यपि फिल्ममा उनी अनुबन्धित भने भइ सकेका छैनन् । फिल्मको छायांकन नेपाल, भारत र युरोपमा गर्ने तयारी भइरहेको जनाउँदै निर्देशक भट्टले सुनिलले दैनिक पारिश्रमिकमा काम गर्ने जनाए ।

उनले एक सातामै उनको काम सक्ने तयारीसमेत थालेका छन् ।नेपाली फिल्मलाई नयाँ लेभलको बनाउने सोचअनुसार यसपटक कथा पनि सोहीअनुसार तयार पारेको मुकुन्द बताउँछन् । तिहारपछि यसको छायांकन सुरु गर्ने योजना निर्माण पक्षको छ ।-खबर हाउस

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज