चिपको अभावले १६९ उद्योगहरुमा उत्पादन प्रभावित, यस वर्ष ३९ लाख कारहरु कम हुने


हाल सेमिकण्डर चिपको कमी संसारभर महसुस गरिरहेको छ। गोल्डम्यान साक्सकाअनुसार १६९ उद्योगहरुले चिप अभावको सामना गरिरहेका छन्। यसबाट इस्पात, कंक्रिट, वातानुकूलन, ब्रुअरीज, इलेक्ट्रोनिक्स, अटोसहित, धेरै उद्योगहरु प्रभावित छन्। यसका साथै अमेरिका, जापान, युरोप र एसियामा सवारी साधनको उत्पादन पनि सुस्त छ।

विभिन्न रिपोर्टहरुकाअनुसार यस वर्ष ३९ लाख कारहरुको उत्पादन गत बर्ष भन्दा कम हुनसक्छ। यस अवसरमा, संसारको ध्यान सबैभन्दा ठूलो ताइवान चिप निर्माता ताइवान सेमिकण्डक्टर म्यानुफ्याक्चरिङ्ग कम्पनी (टिएसएमसी) तिर तानिएको छ। कम्पनीले विश्वव्यापी चिप बजारको आधा भन्दा बढी हिस्सा ओगटेको छ। कम्पनीले आधुनिक माइक्रो प्रोसेसर को ९० प्रतिशत आपूर्ति गर्ने अनुमान गरिएको छ।

पछिल्लो ५० वर्षमा अर्धचालक चिप्सको महत्व वृद्धि

परामर्श फर्म बेन एण्ड कम्पनीमा सेमिकण्डक्टर विशेषज्ञ पीटर हेनबरी टिएसएमसी धेरै महत्त्वपूर्ण भएको बताउँछन्।यस आधुनिक टेक्नोलोजीमा कम्पनीको लगभग एकाधिकार छ। पछिल्लो ५० वर्षमा सेमिकण्डक्टर (अर्धचालक) चिप्सको महत्व निकै बढेको छ। १९६९ मा, अपोलो अन्तरिक्ष यानको चन्द्र मोड्युलले चन्द्रमामा ३५ केजी तौलका हजारौं ट्रान्जिस्टर पठाएको थियो।

आज, एप्पलको म्याक-बुकमा १६ अर्ब ट्रान्जिस्टरको वजन केवल डेढ किलो मात्र छ। चिप्सको उपयोग मोबाइल फोन, इन्टरनेट जोडिएको सामानहरु, ५ जी, सिक्सजी दूरसंचार नेटवर्क, र कम्प्युटिङ्गको लागी बढ्दो मागका साथ विस्तार जारी रहनेछ। यो हरेक बर्ष ५ प्रतिशतले बढ्ने अनुमान छ।

टिएसएमसीको प्रभुत्व सबै देशहरुको लागी टाउको दुखाई

टिएसएमसीको प्रभुत्व सबै देशहरुको लागी टाउको दुखाई साबित हुँदैछ। अमेरिकी रक्षा विभाग-पेन्टागनले राष्ट्रपति बाइडेन प्रशासनलाई आधुनिक चिप्स निर्माणमा बढी पैसा लगानी गर्न दबाब दिइरहेका छन् ताकि यसको मिसाइल र लडाकु विमान ताइवानमा निर्भर नहोस्। चीनले ताइवानलाई आफ्नो हिस्सा मान्दै आएको छ र सो देशमा कुटिल नजर छ।

राष्ट्रपति सी जिनपिङ्गले यसलाई चीनको छुट्टै प्रान्त मान्छन्। उनले ताइवानमा आक्रमण गर्ने धम्की दिएका छन्। यसै बीच, कार कम्पनीहरुले चिप्सको कमीको लागी टिएसएमसीलाई दोष दिएका छन्। तर कम्पनीका अध्यक्ष मार्क लियु भन्छन्, “कार कम्पनीहरु हाम्रा ग्राहकहरु हुन्। हामी कसरी चिप्स आपूर्तिमा उनीहरुको सट्टा अरुलाई प्राथमिकता दिन सक्छौं।”

ताइवानमा सूख्खाद्वारा प्रभावित चिप उत्पादन

कम्पनीहरूले पहिलो पटक फेब्रुअरीमा अर्धचालक चिप्सको कमी देखेका थिए। त्यस समयमा विभिन्न कारणहरुले चिप्स अर्डरको लागी बितरण समय १५ हप्तासम्म पुगेको थियो। महामारीको कारण आर्थिक गिरावटको बीचमा, कार निर्माताहरुले चिपको लागी आदेशहरु कटौती गरेका थिए। तर अहिले धेरै कम्पनीहरुले अमेरिका चीन व्यापार र प्रविधि युद्ध को आशंकामा चिप्स होर्डिंग शुरू गरे।

ताइवानमा सूख्खाले पानीको अभावका कारण चिप उत्पादनमा पनि असर पारेको छ। चिप संकटको गहिरो संग, मानिसहरुको ध्यान यस टेक्नोलोजीको उपयोग तिर मोडियो। चिप अमेरिकाद्वारा आविष्कार गरिएको थियो। उनीहरु यसको सबैभन्दा राम्रो डिजाइन गर्न सक्दछन् तर ठूलो मात्रामा उनीहरु उत्पादन गर्नसक्दैनन्।

बाइडेनले अर्धचालक उत्पादनका लागि रकम बढाउने योजना बनाएका छन्। टिएसएमसी १९८७ मा चिनमा जन्मेका इन्जिनियर मोरिस चांगद्वारा स्थापित गरिएको थियो, यो संसारको सबैभन्दा ठूलो चिप कम्पनी हो। उनीहरुले बजारमा कब्जा गर्न पहिले चिप्सको मूल्य कम राखेका थिए। चांगले ८४ वर्षको उमेरमा जून २०१८ मा लिउ र सीईओ सिसी वेईलाई टिएसएमसी को बागडोर हस्तान्तरण गरे। टिएसएमसी बाहेक दक्षिण कोरियाली कम्पनी सामसङले मात्र सबैभन्दा एडभान्स ५ नानोमीटर चिप्स निर्माण गर्दछ। एजेन्सीहरुका साथ


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज