यूट्युब मनिटाइजेशनमा कडाइ गर्दै गुगल, यस्तो छ नयाँ नियम


यूट्युब मनिटाइजेशनमा कडाइ गर्दै गुगल, यस्तो छ नयाँ नियम

गुगलले गत शुक्रबार आफ्ना विज्ञापनदाता, पब्लिशर तथा यूट्युबका क्रिएटरहरुका लागि नयाँ मनिटाइजेशन पोलिसी घोषणा गरेको छ।

नयाँ नीति अनुसार अब गुगलले जलवायु परिवर्तनको अस्तित्व तथा कारणबारे भ्रमपूर्ण र आधाहीन विज्ञापनहरुमाथि प्रतिबन्ध लगाउनेछ।

गुगलले केही वर्षयता आफ्ना विज्ञापन तथा प्रकाशनका साझेदारहरुबाट यो मामलामा थुप्रै गुनासाहरु प्राप्त भएका थिए। यस्ता गुनासामा जलवायु परिवर्तनका बारेमा गलत दावी गरिएका विज्ञापनका बारेमा अधिक चिन्ता व्यक्त गरिएका थिए।

यस सम्बन्धमा गुगलले एउटा ब्लगपोस्टमा विज्ञापनदाताहरु आफ्ना विज्ञापन यस्ता सामग्रीहरुमा नदखाइयोस् भन्ने चाहने र प्रकाशक तथा क्रिएटरहरुले पनि यी दावीहरुलाई बढावा दिनेखालका विज्ञापन आफ्ना पेज वा वीडियोमा नदेखाइयोस् भन्ने चाहेको उल्लेख गरेको छ।

गुगलले भनेको छ, ‘यसका लागि आज हामी गुगल विज्ञापनदाताहरु, पब्लिशर तथा  यूट्युब क्रिएटरका लागि एउटा नयाँ मनिटाइजेशन पोलिसीको घोषणा गर्दैछाैं जसले जलवायु परिवर्तनको अस्तित्व तथा कारण बारे स्थापित वैज्ञानिक आमसहमतिको खन्डन गर्ने सामग्रीको विज्ञापन तथा प्रकाशन गर्न प्रतिबन्ध लगाउनेछ। यो नियम हामी आउँदो महिनादेखि लागू गर्नेछाैं।’

TK Viber

प्रकाशित: २५ आश्विन २०७८, सोमबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज