दुई छोराको ह’त्या गरेर आमाले पनि गरिन् आ’त्म-ह’त्या !


काठमाडौँ : धनुषाको नगराइन नगरपालिकामा आमाले शुक्रबार साँझ दुई छोराको ह’त्या गरी आफूले पनि आ’त्म-ह’त्या गरेकी छन्। नगराइन नगरपालिका–७ फुलगामा गाउँकी २४ वर्षीया

गुडिया साहले ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहलाई डोरीले घाँ”टी क’सेर ह’त्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्त डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

घरमा दुवै छोराको ह’त्या गरेपछि गुडिया सिलिङ फ्यानमा पासो लगाएर आ’त्म-ह’त्या गरेको डीएसपी बस्नेतले बताए। कान्छो छोरालाई कपडाले घाँटी च्यापेर हत्या गरेको देखिन्छ भने जेठो छोराको नरिवलको डोरीले घाँटी कसेर मारेको प्रहरीको

प्रारम्भिक जाँचबाट खुलेको छ। गुडिया नरिवलको डोरीले पंखा (सिलिङ फ्यान) मा झुण्डिएर आ’त्म-ह’त्या गरेको प्रहरी बताए।घट’नास्थलबाट प्रहरीले गुडियाले प्रयोग गर्ने मोबाइल बरा’मद गरेको छ।

डीएसपी बस्नेतका अनुसार दश वर्षअघि गुडिया र गुरुदेव साहले प्रेम विवाह गरेका थिए। उनीहरुबीचको बिवाहलाई गुडियाका आमाबुवाले स्वीकारेको थिएन। माइतीपक्षसँग उनीहरुको बोलचाल, आउजाउ थिएन। घट’नाको एकिन कारण खुलि नसकेको डिएसपी बस्नेतले बताए।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज