आईफोन १४ मा नचको सट्टा पन्च होल डिस्प्ले रहन सक्ने


आईफोन १४ मा नचको सट्टा पन्च होल डिस्प्ले रहन सक्ने

आधिकारिकर रुपमा सार्वजनिक हुनु अघि एप्पलको आईफोन १४ का बारेमा केही महत्वपूर्ण जानकारी बाहिरिएको छ।

हालै अनलाइनमा लीक भएको आईफोन १४ मा परम्परागत नचको सट्टा पन्चहोल डिस्प्ले डिजाइन समावेश हुनसक्ने जनाइएको छ।

यदि हाल चलेको हल्ला सही सावित भएमा सन् २०२२ मा आउने आईफोन मोडलहरुमा पन्च होल डिस्प्लेको प्रबल सम्भावना छ।

तर हाल आधिकारिक नभएकाले आईफोन १४ लाइनअपका बारेमा सबै प्रकारका चर्चा र हल्लाले कतै न कतै सत्य हुनसक्ने सम्भावना भने बोकेका छन्।

यसै महिनाको शुरुवातमा आएको एउटा रिपोर्टमा आईफोन १४ सिरिजका स्मार्टफोनमा क्यूएलसी फ्लाश मेमोरी रहने बताइएको थियो। आईफोन १३ मा टीएलसी फ्लाश मेमोरी दिइएको छ। आईफोन १४ प्रो मा फेस आईडी सेन्सरहरु कायम रहनेछन्। तर सेल्फी क्यामरा भने नचको सट्टा पन्चहोल रहन सक्नेछ।

TK Viber

प्रकाशित: २४ आश्विन २०७८, आईतवार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज