दशैंका बेला भरतपुरको चौबिसकोठीमा सडक मर्मत गरिँदा सवारी जाम (भिडियोसहित)


चितवन, असोज २४  –

दशैंका बेला यतिखेर भरतपुरको सडक व्यस्त छ । सवारीको चाप अरुबेलाभन्दा दोब्बर जस्तै छ । ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन चुनौती बनिहेको छ ।

यही बेला भरतपुरको चौबिसकोठीमा सडक मर्मत थालिएको छ । जसले गर्दा चौबिसकोठीमा सवारीका जाम देख्न सकिन्छ । यात्रुहरुका साथै ट्राफिक प्रहरीले पनि दुःख पाएका छन् । पश्चिम चितवनबाट सवारी हस्पिटल रोडमा सिधै जान सक्दैनन् । उनीहरुले वैकिल्पिक बाटोको प्रयोग गर्नु परेको छ । अन्यत्र जाने सवारीका लागि सडक एकतर्फी जस्तै छ ।

चौबिसकाठीको घुमाउने वरिपरी खाल्टाखुल्टी थिए । वर्षातका बेला खाल्टाखुल्टीमा पानी जम्दा यात्रुहरुले निकै सास्ती खेपेका थिए । त्यसबेला उक्त सडकमा कसैको नजर पुगेन । वर्षात सकिएपछि पनि तत्कालै मर्मत सुरु गरिएन । तर दशैंकै बेला सवारी चाप भएको अवस्थामा मर्मत थालिएको हो ।

 

डिभिजन सडक कार्यालय भरतपुर चितवनले मर्मतको काम सुरु गरेको तीन दिन भइसक्यो ।

कार्यालयका इन्जिनियर विजय दराईले छोटो समयमा काम सम्पन्न गर्ने गरी काम थालिएको बताए । आफूहरुले दशैंका बेला नगरौं भन्ने सोचेको भए पनि धुलो उडिरहेकाले तत्काल मर्मत गर्नुपरेको उनको भनाइ छ । उनले सवारी जाम नहोस् भनेर दैनिक केही समयमात्र काम गर्ने गरेको बताए । उनले आजै काम सम्पन्न भइ त्यसमा सवारी गुडाउन मिल्ने बताएका छन् ।

<!---->

नारायणीअनलाइनबाट साभार

हाम्रो फेसबुक पेज