भारतीय सेना प्रमुख भन्छन् – सीमाना बाट चिनियाँ सेना नहटे हाम्रा सैनिक पनि त्यहीं पठाउँछौं ।


नयाँदिल्ली : भारतका सेना प्रमुख एमएम नरावणेले लद्दाखस्थित ‘एलएसी’ (लाइन अफ एक्चुअल कन्ट्रोल) मा चीनका सेनाले निर्माण कार्य जारी राखेमा आफ्ना सैनिक पनि त्यहीँ रहने चे’तावनी दिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारत–चीन सीमा लद्दाखस्थित वास्तविक नियन्त्र’ण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल) चिनियाँ सेनाले ठूलो मात्रामा भौतिक संरचना निर्माण जारी राखेपछि भारतीय सेना आ’क्रोशित भएको हो ।भारतीय सेना प्रमुख नरावणेले भनेका छन्, ‘यदि उनीहरू त्यहीँ बसिरहे भने हामी पनि त्यहीँ बस्ने छौं ।’

एलएसीमा चिनियाँ सेना रहिरहे अवस्था पाकिस्तानी सीमा क्षेत्रको जस्तै हुने चेतावनी नरावणले दिएका छन् ।अघिल्लो वर्ष जुनमा लद्दाखस्थित गलवान उपत्याकामा भारतीय सेना र चिनियाँ सेनाबीच झ’डप हुँदा २० जना भारतीय सैनिक मा’रिएका थिए । तर ची’नतर्फको क्षति अहिलेसम्म आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन ।

भारतीय सञ्चारमाध्यमका अनुसार गत साता अरुणाचल प्रदेशको त’वाङ जिल्लास्थित एलएसीमा भारतीय र चिनियाँ सैनिक आ’मनेसामने भएका थिए । त्यस क्रममा चीनका २ सय सेना तिब्बत हुँदै भारत प्रवेश गरेको र तीमध्ये केही भारतको नियन्त्रणमा रहेको भारतीय सञ्चारमाध्यमले दा’बी गरेका छन् ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज