विशाल भट्टराई भन्नुहुन्छ : एमालेलाई पराजित गर्नसक्ने पार्टी यो मुलुकमा जन्मिएकै छैन ।


काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो पार्टीलाई पराजित गर्न सक्ने पार्टी यो मुलुकमा नजन्मिएको दाबी गरेका छन् ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

कुराकानीको क्रममा उनले भने,‘खाली के हो भने ९ औं महाधिवेशनमा हारेर १०औं महाधिवेशन नकुरेर पेरिसडाडाँमा गएर बोर्ड टाँस्ने माधव नेपाललाई त्यही बोर्ड चाहिएको हो ।

त्यसकारण त्यो कुरा कल्पनामात्रै हो । नेकपा (एमाले) लाई पराजित गर्नसक्ने पार्टी यो मुलुकमा जन्मिएकै छैन् । त्यसकारण हामीलाई कुनै डर छैन् । जनताको मत ल्याएर फेरी पनि नेकपा ९एमाले०को उदय हुन्छ ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज