वैदेशिक रोजगारको स्वास्थ्य परीक्षणमा चिकित्सकीय लापरवाही भए क्ष’तिपूर्ति दिनुपर्ने सर्वोच्चको फैसला ।


काठमाडौँ : सर्वोच्च अ’दालतले वैदेशिक रोजगारीमा जानुअघि गरिने स्वास्थ्य परी’क्षणमा चिकित्सकीय लापरवाही गरे क्षतिपूर्ति भर्नुपर्ने फैसला गरेको छ । किरण बस्नेतवि’रुद्ध डा.बुद्ध बस्न्यातको रिटमा न्यायाधीशद्वय दीपककुमार कार्की र हरि
फुयाँलको संयुक्त इजलासले स्वास्थ्य परीक्षणमा लापरवाही गरे चिकित्सक र स्वास्थ्य संस्था वा अस्पतालले क्ष’तिपूर्ति भर्नुपर्ने फैसला गरेको हो ।

गत ७ माघमा भएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ । पूर्णपाठमा सर्वोच्चले उच्च अदा’लत पाटनको फैसला सदर गर्दै रोजगारीमा जाने व्यक्तिको मेडिकल परी’क्षणमा लाप’रवाही गरेमा वा मिलेमतोमा झु’टो रिपोर्ट दिएमा चिकित्सक र मेडिकल संस्था जिम्मेवार हुने तथा क्ष’तिपूर्ति दिनुपर्ने निर्णय गरेको हो ।

यस्तो छ मुद्दा !

कामपा-१० बुद्धनगर बस्ने किरण बस्नेतले इजरायलमा रोजगारीका लागि आवेदन दिए । हाइ हिमालयन गोर्खा सर्भिस प्रालिले इजरायलमा केयर गिभर पदमा रोजगारीका लागि पठाउन विज्ञापन प्रकाशित गरेको आधारमा बस्नेतले आवदेन दिएका थिए । कम्पनीले तोकेको नेपाल इन्टरनेसनल क्लिनिकमा १४ मंसिर २०६१ मा स्वास्थ्य परी’क्षण गराए । निरोगिताको प्रमाणपत्र प्राप्त गरी मंसिरमै इजरायल गए । तर इजरायलमा पुन: स्वास्थ्य परीक्षण हुँदा दमको रोग देखियो । स्वास्थ्यको दृष्टिले काम गर्न असक्षम भनी स्वदेश फिर्ता गरियो ।

बस्नेतको स्वास्थ्य परीक्षण क्लिनिकका डा. बुद्ध बस्न्यातले गरेका थिए । दम रोगको इजरायलमा उपचार गराएर बस्नेत नेपाल फर्किए । ८ साउन २०६३ मा उपभोक्ता हित संरक्षण मञ्चमा निवेदन दिएर १७ गते उजुरीपत्र दायर गरे ।

बस्नेतले चिकित्सकको हेलचेक्र्याइँ र लापरवाहीले मानसिक, शारीरिक एवं आर्थिक क्षति व्यहोर्नु परेको भन्दै क्ष’तिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालयअन्तर्गतको जिल्ला क्षतिपूर्ति समितिमा निवेदन दिए । समितिले डा. बस्न्यातबाट तीन लाख र क्लिनिकबाट तीन लाख गरी ६ लाख क्ष’तिपूर्ति भराउने निर्णय ग¥र्‍यो ।

यो निर्णयविरु’द्ध इन्टरनेसनल क्लिनिक र चिकित्सक बस्न्यातले उच्च अदालत पाटनमा रिट निवेदन दिए । न्यायाधीशद्वय टंकबहादुर मोक्तान र हरिकुमार पोखरेलको संयुक्त इजलासले आवश्यक अध्ययन तथा सुनुवाइ गरी क्ष’तिपूर्ति समितिको निर्णय सदर ग¥र्‍यो । ‘स्वास्थ्य परीक्षण जस्तो अत्यन्त संवेदनशील कार्यमा पुनरावेदकहरूको जिम्मेवारीमा असावधानीता पाइएको, जवाफदेहिताको अभाव र कार्यको प्रकृतिअनुसार गम्भीरताको

कमी रहेको स्थितिमा पुनरावेदकहरू डा. बुद्ध बस्न्यात र नेपाल इन्टरनेसनल क्लिनिक प्रालिलाई निजहरूको पुनरावेदन जिकिरअनुसार दायित्व बहनबाट उन्मुक्ति दिन मिल्ने स्थिति नरहेकाले निजहरूबाट पीडित उपभोक्ता किरण बस्नेतलाई मनासिब क्ष’तिपूर्ति ६ लाख रुपैयाँ भराई दिनेगरी सुरु जिल्ला क्षतिपूर्ति समितिबाट भएको निर्णय मिलेकै देखिँदा सदर हुन्छ,’ पुनरावेदन अ’दालत पाटनले २५ माघ २०६९ मा गरेको फैसलामा उल्लेख छ ।

यसविरु’द्ध इन्टरनेसनल क्लिनिक र चिकित्सक बस्न्यातले सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिए । तर सर्वोच्चले पाटन अदालतको फैसला सदर गर्‍यो । सर्वोच्चको फैसलामा भनिएको छ, ‘प्रस्तुत मुद्दाको सन्दर्भमा पीडित किरण बस्नेतले नेपाल इन्टरनेसनल क्लिनिकमा गरेको स्वास्थ्य परीक्षणको आधारमा इजरायल गई त्यहाँ पुगी पुन: स्वास्थ्य परीक्षण गराउँदा स्वास्थ्यमा समस्या आएकाले नेपाल फर्किनु परेको

कारणबाट प्रतिवादीहरू नेपाल इन्टरनेसनल क्लिनिक तथा डा. बुद्ध बस्न्यातले पी’डित किरण बस्नेतको स्वास्थ्य परीक्षण सावधानीपूर्वक जाँच गरेको देखिएन ।’ चिकित्सकले आफ्नो ज्ञान वा सीपको पूर्ण प्रयोग गरी कुनै लापरवाही वा हेलचेक्राइँ नगरी व्यावसायिक रूपमा उच्च सतर्कता वा होसियारीपूर्वक परीक्षण वा उपचार गर्नुपर्नेमा जोड दिँदै फैसलाले भनेको छ,

‘यदि चिकित्सकले पूर्ण व्यावसायिकताका साथ स्वास्थ्य परीक्षण वा उपचारमा समुचित सर्तकर्ता नअपनाई वा उपचार पद्धतिको वा स्वास्थ्य परीक्षणको स्वीकार्य मानकहरूको उल्लंघन गरेको वा रोगको गलत पहिचान वा उपचार गरेको वा गलत औषधिउपचार गरेमा वा गलत परीक्षण गरेमा र सो गर्नाले सेवाग्रा’हीलाई हानिनोक्सानी भएमा चिकित्सकीय लापरवाही भएको दुष्कृ’तिजन्य कार्य मानिन्छ ।’

चिकित्सकले आफ्नो ड्युटी गर्दा ड्युटी अफ स्ट्या’ण्डर्ड र रिजनेबल केयर नअपनाएको कारण यदि बिरामी वा सेवाग्राहीले क्षति व्यहोर्न प¥र्‍यो भने त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै सर्वोच्चले भनेको छ, ‘चिकित्सक वा क्लिनिकले पीडित किरण बस्नेतलाई स्वास्थ्य जाँच गर्ने समयमा नै उनको स्वास्थ्यको बारेमा प्रोपर्ली सूचित गरिदिएको भए निज पीडित किरण बस्नेत विदेश गई फर्किनुपर्ने अवस्था रहँदैनथ्यो । -न्युज कारखाना

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज