मलेसिया जाने कामदारलाई सामाजिक सुरक्षा: काम गर्दा ज्यान गए आफन्तलाई आजीवन तलब !


मलेसिया जाने कामदारलाई सामाजिक सुरक्षा: काम गर्दा ज्यान गए आफन्तलाई आजीवन तलब!

काठमाडौं : मलेसियामा काम गर्ने विदेशी कामदारले ‘ड्युटी आवर’मा ज्या’न गु’माए मृत’कका आफन्तले आजीवन तलब पाउने भएका छन्। मलेसियाको मानव संशाधन मन्त्रालयअन्तर्गत स्थापना भएको एसओसीएसओले रोजगारदाताले मासिक

रुपमा गर्ने योगदानमा आधारमा विदेशी कामदारलाई सामाजिक सुरक्षाअन्तर्गत दर्ता गर्ने व्यवस्था गरेको हो। सन् २०२० को जनवरीदेखि यो सम्पूर्ण विदेशी कामदारका लागि कार्यान्वयनमा ल्याइएको छ।

श्रमिकको सामाजिक सुरक्षाका लागि भएको यो व्यवस्थाअनुसार ‘ड्युटी आवर’मा श्रमिकले ज्या’न गुमा’ए परिवारजन (आमा, बुवा, श्रीमती र २१ वर्ष नपुगेका छोराछोरी मात्र)ले मासिक तलबको ९० प्रतिशत रकम मासिकरुपमा आजिवन पाउने छन्।

वैदेशिक रोजगार बोर्डका कार्यकारी प्रमुख राजनप्रसाद श्रेष्ठले काम गर्नेक्रममा घाइते र अङ्गभङ्ग भएमा पनि एसओसीएसओले सामाजिक सुरक्षाको व्यवस्था गरेको जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी केही समयका लागि काम गर्न नसक्ने (टेम्पोररी डिजाबेलमेन्ट) भएमा आर्थिक सहायता (टेम्पोररी

डिजाबेलमेन्ट बेनिफिट) र आ’जीवन काम गर्न नसक्ने भएमा आजीवन पर्माने’न्ट डिजाबेलमेन्ट बेनि’फिट प्राप्त गर्ने पनि व्यवस्था छ। मृतकको दा’हसंस्का’र मलेसियामै हुनेका हकमा आफन्तले २ हजार मलेसियन रिङ्गि’टसम्म खर्च पाउने र नेपाल ल्याउनु परे ६५ सय मलेसियन रिङ्गिटसम्म उद्धा’र खर्च पाउने व्यवस्था छ।

यसैगरी श्रमिक वि’रामी भएमा उप’चार खर्च पनि पाइने व्यवस्था छ। यो सुविधाका लागि रोजगारदाता कम्पनीले विदेशी कामदारलाई दिने गरेको मासिक तलबको १.२५ प्रतिशत मासिकरुपमा एसओसीएसओमा जम्मा गर्नुपर्ने छ।

समाजिक सुरक्षाको यो व्यवस्था कार्यान्व’यनको सह’जिकरणका लागि सओसीएसओले समझदारी पत्रमा हस्ताक्षर गर्न नेपाललाई प्रस्ताव गरेको छ। वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले मलेसिया आफैले प्रस्ताव गर्नु खुसीको कुरा भएको बताए।

समझदारी पत्रमा हस्ताक्षर गर्न हाम्रो बोर्डले नीतिगत निर्णय गरेको छ। मन्त्रालयसँग अनुमती मागेका छौँ’ , श्रेष्ठले भने। मलेसियाले पाकिस्तान र इन्डोने’सियासँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको उनले बताए।

श्रेष्ठका अनुसार /श्रमिक परिवारको विवरण प्रमाणिकरण र सम्पर्क/समन्वय गरि सिधै क्ष’तिपुर्ती उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर आवश्यक हुने र त्यहीअनुसार मलेसिया सरकारले विभिन्न देशसँग सम्झौता गरिरहेको छ। -रातोकलम

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज