मलेसिया जादा अब क्वारे’न्टाइन बस्नु नपर्ने !


मलेसिया बाट आयो खुशीको खबर ! मलेसिया जादा अब क्वारेन्टाइन बस्नु नपर्ने !

क्वालालम्पुर : नेपालका लागि मुख्य रोजगारदाता देशले विदेशी कामदार भि’त्र्याउने प्रक्रिया सरल र सहज बनाउन थालेका छन् । को’रोना भा’इरसको सं’क्रमण कम हुँदै गएपछि मागअनुसार श्रमिक आपूर्ति गर्ने मलेसिया र खाडीका देशले विदेशी

कामदार भित्र्याउन नीतिगत प्रक्रिया सहज बनाउन थालेका हुन् । कतिपय खाडीका देशले को’भिड खोप लगाएका विदेशी कामदार क्वारे’न्टाइन बस्नुपर्ने व्यवस्था नै हटाएका छन् । कतार, साउदी, यूएई, ओमान, कुवेत र बहराइनले आफ्नो

देशले मान्यता दिएको खोप लगाएका विदेशी कामदारले क्वा’रेन्टाइन बस्नुपर्ने व्यवस्था हटाएका छन् । यो भन्दा अगाडि खाडीका देश जाने कामदारले दुईतिर गरी करिब २८ दिन क्वारे’न्टाइन बस्नुपर्ने व्यवस्था थियो । रोजगारदाता देशमा पुगेपछि १४ दिन र नेपालमै १४ दिन अनिवार्य क्वारे’न्टाइन

बसेपछि मात्र खाडीका देशले प्रवेश अनुमति दिने गरेका थिए ।
खाडीका देशले सिनोभ्याक, एस्ट्रा’जेनेका, फाइजर, सिनोफर्म, मोडेर्ना, स्पुत्निक भी र जोन्सन एण्ड जोन्सन खोपलाई मान्यता दिएका छन् ।

यी खोप लगाएका विदेशी कामदारले को’रोना परी’क्षण गराएको एक साताभित्र प्रवेश गर्न पाउने सुविधा समेत खाडीका देशले दिन थालेका छन् ।

योभन्दा अगाडि खाडीका देश जाने नेपाली कामदारहरूले ७२ घण्टाअघि को’भिड परीक्षण गराई नेगे’टिभ रिपोर्ट आएपछि मात्र प्रवेश अनुमति पाउने गरेका थिए ।

खाडीका देशले को’भिड खोपका लगाएका विदेशी कामदारले सम्बन्धित देश प्रवेश गर्नुअघि कोरोना परी’क्षण गर्ने प्रक्रियालाई समेत खुकुलो बनाएका छन् । खाडीका देशको यो निर्णयले नेपाली कामदारलाई रोजगारीमा जान सहज मात्रै भएकाे छैन खर्चसमेत कम भएकाे छ ।

भेरोसेल, को’भिसिल्ड, एस्ट्रा’जेनेका र जोन्सन एण्ड जोन्सन खोप मात्र नेपालमा लगाइन्छ । वैदेशिक रोजगारीमा जाने कामदारका हकमा भने सरकारले जोन्सन एण्ड जोन्सन खोप लगाउने भने पनि सहजै उपलब्ध गराउन सकेको छैन ।

जसका कारण वैदेशिक रोजगारीमा जान चाहने कामदार खोप समयमा नपाउने समस्या भोगिरहेका छन् । खाडीका देश र मलेसियाले जस्तै युरोपका देशले समेत विदेशी कामदारका हकमा क्वारे’न्टाइन बस्नुपर्ने व्यवस्था हटाएका छन् ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज