साफ च्याम्पियनसिपमा माल्दिभ्सको पहिलो जित – Thulo Khabar


२२ असोज, काठमाडौं । साविक विजेता तथा घरेलु टोली माल्दिभ्सले साफ च्याम्पियनसिप-२०२१ मा पहिलो जित हात पारेको छ । राउण्ड रोविन अन्तर्गत आफ्नो दोस्रो खेलमा माल्दिभ्सले बंगलादेशलाई ३-० ले पराजित गरेको हो ।

मालेस्थित नेशनल स्टेडियममा बिहीबार राति भएको खेलमा माल्दिभ्सलाई जित दिलाउन हाम्जा मोहमेद र अलि अस्फाकले गोल गरे ।

पहिलो हाफ गोलरहित सकिएको खेलमा माल्दिभ्सले दोस्रो हाफमा दुवै गोल गरेको हो ।

खेलको ५५ औं मिनेटमा हाम्जाले बाइसाइकल किकमार्फत गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २-० को जित दिलाए ।

पहिलो खेलमा नेपालसँग पराजित भएको माल्दिभ्सले बंगलादेशलाई हराएपछि २ खेलबाट ३ अंक जोडेको छ । ३ खेल खेलिसकेको बंगलादेशको एक जित, एक बराबरी र एक हारपछि ४ अंक छ ।

लगातार दुई खेल जितेको नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ । बंगलादेश दोस्रो र माल्दिभ्स तेस्रो स्थानमा छ । यस्तै २ खेलबाट दुई बराबरीसहित २ अंक जोडेको भारत चौथो स्थानमा छ । ३ खेलबाट १ अंक जोडेको श्रीलंका पुछारमा छ र फाइनल होडबाट बाहिरिसकेको छ ।

अब नेपालले आइतबार भारतसँग खेल्दैछ । उक्त खेल जितेमा नेपाल एक खेल अगावै फाइनल पुग्नेछ । नेपालले बंगलादेशसँग अन्तिम खेल खेल्नेछ ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज