विदेशी कामदारको हितमा कतार सरकारको आममाफी घोषणा !


काठमाडौँ : कतार सरकारले अवैध विदेशी कामदारहरुलाई आम माफी दिने घोषणा गरेको छ । कतारमा आईडीको म्याद सकिएका, बिना वर्क परमिट काम गरिरहेका र पारिवारिक

भिसा (Family Visa) को नियम पालना नगरेका सहित बिभिन्न कारण कतारमा गैर’कानुनी रुपमा बसेका कामदारहरुलाई त्याहाँको सरकारले बिना कैद जरिवा’ना समेत नातिराउने गरि आममाफी दिन लागेको कतारको आ’न्तरिक मन्त्रालयले जनाएको छ ।

कतार सरकारले घोष’णा गरेको आममाफी प्रकृयामा सहभागी हुन चाहनेहरुले कतारको सर्च एन्ड फलो अप डिपा’र्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल, उम सुनैम, मेसाइमिर, अल वक्रा र अल रयान सर्भिस सेन्टरमा दिउँसो १ बजेदेखि

बेलुका ६ बजे भित्र आफ्नो नाम दर्ता गराउन सक्नेछन् । तर आममाफीको समय सिमा समेत निर्धारण गरिएको छ, नि’र्धारित मिति अनुसार सरकारले यो प्र’क्रियाको लागि अक्टोबर १०

देखि डिसेम्बर ३१ सम्मको समयसीमा समेत तोकेको छ ।
कतार सरकारको यो निर्देशन २०१५ को कानून नं ​​२१ को प्रा’वधान अन्तर्गत आप्रवा’सीहरुको बसाई तथा बाहिरिने नियम अन्तर्गत जारी गरिएको हो । -साझा सबाल

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज