कोरोना महामारी चल्दै गर्दा भियतनामबाट आफ्ना अर्डर चीनतर्फ सार्दै कम्पनीहरु


कोरोना महामारी चल्दै गर्दा भियतनामबाट आफ्ना अर्डर चीनतर्फ सार्दै कम्पनीहरु

थुप्रै कम्पनीहरुले कोरोना महामारीका बेला दक्षिणपूर्वी एसियाली देशहरुमा लकडाउन चलेकाले आफ्ना अर्डरहरु भियतनामका फ्याक्ट्रीबाट झिकेर चीनका फ्याक्ट्रीहरुलाई दिएको भियतनामबाट आएको एक रिपोर्टमा उल्लेख छ।

यसक्रममा गुगलको पिक्सेल ६ स्मार्टफोन तथा एयरपडहरु भियतनामको सट्टा चीनमा बनिरहेको छन्।

यस्तै उत्तरी भियतनाममा बनेका अमेजनका स्मार्ट डोरबेल, सर्भिलेन्स क्यामरा तथा स्पीकारहरुको शिपमेन्टमा गत मे महिनादेखि नै ढिलाइ भइरहेको साइगोन टाइम्सले जनाएको छ।

भियतनामको आपूर्ति श्रृङ्खलालाई लकडाउनले असर पारेपछि थुप्रै कम्पनीहरुले वैकल्पिक उत्पादन क्षेत्र रोजेको र त्यसमा चीन पहिलो र सहज विक्लपमा देखिएको थियो।

यसैगरी सुरक्षात्मक पोशाक निर्माता लेकल्यान्ड इन्डस्ट्रीजले हालै भियतनामबाट चीनमा स्थानान्तरण भएको आफ्नो निर्माण हेर्नका लागि नयाँ अध्यक्ष नियुक्त गरेको छ।

अमेरिकामा रहेको इन्टेरियर डिजाइन कम्पनी लभस्याकका सीईओ स्वान नेल्सनले पनि आफ्नो कम्पनीले भियतनामबाट चीनतर्फ अर्डर सार्न लागेको बताएका छन्।

अनुसन्धान संस्था बीटीआईजीले भियतनामको उत्पादनमा अस्थायित्वका कारण यस वर्षको चोथो त्रैमास तथा सन् २०२२ को पहिलो ६ महिनासम्मको शिपमेन्टलाई नराम्रो असर पार्ने प्रक्षेपण गरेको छ।

TK Viber

प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज