मोबाइल विज्ञापन प्लेटफर्म मोपब १ अर्ब डलरमा एपलभिनलाई बेच्दै ट्विटर


मोबाइल विज्ञापन प्लेटफर्म मोपब १ अर्ब डलरमा एपलभिनलाई बेच्दै ट्विटर

माइक्रोब्लगिङ साइट ट्विटरले आफ्नो मोबाइल विज्ञापन प्लेटफर्म मोपब मोबाइल गेम तथा मार्केटिङ सफ्टवयर निर्माता कम्पनी एपलभिनलाई बिक्री गर्ने भएको छ।

ट्विटरले यो कम्पनी सन् २०१३ मा किनेको थियो। त्यतिबेला ३५ करोड डलर हालेक किनेको कम्पनी हाल १ अर्ब डलरमा बिक्री गर्ने भएको हो।

मोपबले ट्विटरलाई गत वर्ष लगभग १९ करोड डलर राजस्व संकलन गर्न सघाउ पुर्याएको थियो। कम्पनीले यसअघि आफ्नो वार्षिक राजस्व सन् २०२३ सम्ममा दोब्बर पार्ने लक्ष्य लिएको थियो।

कम्पनीका सीएफओ नेड सिजेलले यो सम्झोता ट्विटरको बृहत् विज्ञापन अवसरमा पुन केन्द्रित हुनका लागि भएको बताए। उनले ट्विटरले अब आफैंले विकास र सञ्चालन गरेको उत्पादनहरुमा केन्द्रित रहने र अब अन्य कम्पनी किन्नमा धेरै रकम नखर्चने जानाकारी दिए।

‘यो कारोबारले हाम्रो लक्ष्यलाई बढाउनुका साथै हाम्रो राजस्वको रोडम्यापमा आत्मविश्वास दर्शाउने साथै हाम्रो कोर प्रडक्टमा लगानी गर्ने क्षमता विस्तार गर्न सघाउ पुर्याउँछ जसले ट्विटरलाई दीर्घकालीन वृद्धि तर्फ लैजाँदै सर्वसाधारणको कुराकानीलाई अझ राम्ररी सेवा पुर्याउँछ’, ट्विटरका सीईओ ज्याक डोर्सीले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।

TK Viber

प्रकाशित: २१ आश्विन २०७८, बिहीबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज