कतारमा पिसिआर परिक्षणको शुल्क घट्याे, हेर्नुस कति छ शुल्क ?


दोहा : कतार सरकारले को’भिड-१९ का लागि गरिने पिसिआर परिक्षणको शुल्क घटाएको छ । स्वास्थ्य मन्त्रालयले अक्टोबर ६ देखि लागू हुनेगरी आज जारी गरेको परि’मार्जित यात्रा नीति अनुसार अब पिसिआर परि’क्षणको शुल्क १६० रियाल मात्र लाग्नेछ ।

यसअघि उक्त परिक्षणको शुल्क तीन सय रियाल थियो । यद्यपि निजि अस्पतालले सरकारले तोकेको भन्दा कम शुल्कमा परिक्षण गर्दै आइरहेको थियो । त्यस्तै र्या’पीड एन्टि’जेन र सेरोलोजी एन्टि’बडी परिक्षणको शुल्क पनि ५०/५० रियाल तोकिएको छ ।

सरकारले शर्त अनुसार मान्यता दिएको खोप लगाएका यात्रुले कतार आउनुअघी र आइसकेपछि सेरोलोजी एन्टिबडी परिक्षण गर्नुपर्नेछ । सिनोफार्म,सिनो’भ्याक र स्पुत’निक भि खोप कतार सरकारले शर्त अनुसार मान्यता दिएको खोप हो ।

थप समाचार,
जर्मनी र बेलायती वैज्ञानिकलाई यस वर्षको रसायनशास्त्रको नोबेल पुरस्कार

काठमाडौं : जर्मनीका बेन्जामिन लिस्ट र बेलायतका डेभिड डब्ल्यूसी म्याकमिलानले यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्तरुपमा पाएका छन् ।

नोबेल पुरस्कार कमिटिले उनीहरुलाई अणु बनाउने नयाँ तरिकाको विकास गरेकोमा नोबेल पुरस्कार दिने घोषणा गरको हो ।

नयाँ तरिकाले औ’षधि क्षेत्रमा अनुस’न्धानको लागि पनि सहयोग पुग्ने अपेक्षा छ । यसअघि नै चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज