कतार जान फेरि नयाँ नियम, अनलाइनमा प्रीरजि-स्ट्रेसन गर्नै पर्ने !


काठमाडौं : कतारले नेपालसहित दक्षिण एसियाका देशबाट जाने कामदार लगायत यात्रुले पालना गर्नुपर्ने नियममा परिमार्जन गरेकोे छ । नेपाली दूतावासले कतारले नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, श्रीलङ्का लगायतका देशबाट कतार

प्रवेश गर्दा पालना गर्नुपर्ने नियममा परिमार्जन गरेको जनाएको छ । कतार प्रवेशका लागि मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट पीसी’आर परी’क्षण गरेको ७२ घण्टाभित्रको नेगेटिभ प्रमाणपत्र साथमा हुनुपर्ने पुरानो नियम यथावत् राख्दै कतारले नयाँ पनि तोकेको छ ।

नयाँ नियम अनुसार कतारमा पहिलोपटक प्रवेश गर्ने विदेशी यात्रुले कतार सरकारले सञ्चालनमा ल्याएको वेब’साइटमा लगईन गरी पी’सीआर परीक्ष’णको प्रमाणपत्र, खोप लगाएको प्रमाणपत्र र अन्य आवश्यक कागजातहरु अपलोड गरि प्रि–रजि’ष्ट्रेशन गर्नुपर्ने दूतावासले जनाएको छ ।

मोबाइलमा इटेराज मोबाइल एप्लिके’शन अनिवार्य डाउनलोड गर्नु पर्ने भन्दै दूतावासले त्यसको लागि नेपालको सीमकार्डका पनि प्रयोग गर्न सकिने दूतावासले जनाएको छ ।

कतार सरकारले सि’नोभ्याक,अस्ट्रा’जेनेका,फाइजर, , सिनोफर्म, मोडेर्ना, स्पु’त्निक भी र जोनसन एण्ड जोनसनलाई मान्यता दिएको छ । यसमध्ये जोनसन एण्ड जोनसन बाहेक अन्य खोपको मात्रा दुवै डोज लगाएको हुनुपर्ने जनाइएको छ ।

खोपको मात्रा पूरा गरेको १४ दिन पूरा गरेपछि मात्र यात्रा गर्न सकिने र स’शर्त स्वीकृत गरिएका सिनो’भ्याक, सिनोफर्म र स्पु’त्निक भीको मात्रा पूरा गरेका यात्रुको सेरोलोजी एण्टिबडी रिजल्टको पोजे’टिभ रिपोर्ट अनिवार्य चाहिने बताइएको छ ।

कतार सरकारले मान्यता दिएका खोपको पूर्ण मात्रा लगाएको भए पनि दुई दिन होटल क्वरे’ण्टिनमा बस्नुपर्ने बताएको छ । खोप नै नलगाएका वा खोपको पूर्ण मात्रा नलगाएकाहरुलाई सात दिनसम्म अनिवार्य होटल क्वरे’ण्टिनमा बस्नुपर्ने नियम लगाईएको छ ।

नेपाली दूतावासले कतार सरकारले स्वी’कृत गरेका खोप नलगाएका नयाँ यात्रुलाई भने कतार प्रवेश नदिइने प्रबन्ध गरिएको बताईएको छ ।

त्यसैगरी कतार प्रवेश गर्नुअघि यात्रुहरुले कतारको जनस्वास्थ्य मन्त्रालयको वेबसा’इट वा सम्बन्धित एअरला’इन्सको अनलाइन बुकिङ फारममा उपलब्ध हुने प्रति’बद्धता पत्रमा विवरण भरी हस्ताक्षर गरेर यात्रा अवधिभर साथमा बोक्नुपर्ने व्यवस्था गरिएको छ । मध्यान्ह दैनिक

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज