नेपाली सेनाले दशैँमा घर जाने आफ्ना कर्मचारीलाई निशुल्क बस र हेलिकप्टरबाट घरसम्म पु’र्‍याउँदै !


काठमाडौं : दसैँमा शहरबाट कसरी घर फर्कने भन्ने सर्वसाधारणमा चिन्ता हुन्छ । नेपाली सेनाले दसैंको अवसर पारेर निःशुल्क रूपमा आफ्ना कर्मचारीलाई यातायात तथा हवाई सेवा सुरू गरेको छ ।

सेनाले असोज १८ गतेदेखि निःशुल्क हवाई तथा यातायात सेवा सुरू गरेको हो ।जंगी अड्डाका अनुसार सेवा असोज ३० गतेसम्म जारी रहने छ । सेनाले आफ्ना सबै दर्जाका कर्मचारीलाई तथा आश्रित परिवारका लागि मात्रै यो सेवा दिनेछ ।सडक सञ्जालको

पहुँच पुगेका ठाउँमा बस र नपुगेका पहाडी, हिमाली तथा दुर्गम ठाउँमा सेनाको स्काई ट्रक र एमआई–१७ हेलिकप्टरबाट पु¥याइने सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए ।हालसम्म ५२० जना सकलदर्जा र आश्रित परिवारलाई यातायात र हवाई उडानबाट ८६ जनालाई गन्तव्यमा पु¥याइएको उनले बताए ।

प्रवक्ता पौडेलले आफ्नो फौजमा कार्यरत् र तिनका परिवारलाई कल्याणकारी सेवा सुविधा अन्तर्गत यो सेवा दिइएको बताए ।निशुल्क यातायात सुविधा काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यका बाहिरबाट काठमाडौं फर्किन चाहने सैनिक परिवारले प्रयोग गर्ने पाउनेछन् ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज