एप्पलको ए१५ चिप कम्पनीले अपेक्षा गरेभन्दा पनि तीव्र


एप्पलको ए१५ चिप अन्य प्रतिस्पर्धीभन्दा ६२ प्रतिशत तीव्र भएको पाइएको छ।

हालै प्रदर्शन, क्षमता तथा ग्राफिक्स कोरमा भएको सुधारजस्ता आधारमा गरिएको एक स्वतन्त्र परीक्षणमा यस्तो निष्कर्ष आएको हो।

यो आँकडा एप्पल आफैंले ए१५ चिप अन्य प्रतिस्पर्धी चिपहरुभन्दा ५० गुणा बढी तीव्र रहेको भन्ने दावीबाट अझै १२ प्रतिशत माथिको नतिजा हो।

म्याकरुमर्सका अनुसार आनन्दटेकले गरेको उक्त समीक्षाले एप्पलका ठूला कोरहरुले बढी पावर खपत गर्ने भए पनि उर्जा भने उत्तिकै बचत गर्ने गरेको पाइएको खुलासा गरेको छ।

यसमार्फत् भएको उर्जाको बचत ए१४ चिपको तुलनामा सबैभन्दा उच्च प्रदर्शनका बेला १७ प्रतिशत बढी भएको पाइएको छ।

आनन्दटेकले पनि ए१५ को सिस्टम क्याश ३२ एमबीसम्म बूस्ट भएको पाएको बताएको छ जुन ए१४ को तुलनामा दोब्बर नै रहेको बताइएको छ।

रिपोर्टमा यसले प्रतिस्पर्धाको स्थिति कम गर्ने तथा यो नै चिपको पावर खपत कम गर्ने प्रमुख तत्व भएको, मन्द र बढी पावर खपत गर्ने डीआरएमएमको सट्टा एउटै सिलिकनमा मेमोरी एक्सेस राख्न सक्ने उल्लेख गरिएको छ।

यसबाहेक एल२ क्याशमा पनि उस्तै अपडेट भएको र अब ८ बाट १२ एमबीसम्मको मेमोरी लिन सक्ने पनि उल्लेख गरिएको छ।

आनन्दटेकले यसको साइज ल्यापटपहरुमा प्रयोग हुने एप्पलको एम१ चिप बराबरकै भएकोले ‘भयंकर’ भएको उल्लेख गरेको छ।

१२ एमबीको मतलब स्न्यापड्रागन ८८८ मा हुने एल२ क्याश मेमोरीको ठिक दोब्बर भएको रिपोर्टमा जनाइएको छ।

क्याश मेमोरीमा भएको यो वृद्धिले ए१५ लाई प्रदर्शनका क्षेत्रमा ए१४ भन्दा निकै अब्बल रहेको प्रमाणित गर्न सहयोग पुर्याउँछ।

यसलाई अझ मजबुत पार्न क्षमताको कोरमा अर्को तत्व एएलयू तथा तीव्र मेमोरी सबसिस्टमले पनि सहयोग पुर्याएका छन्।

एजेन्सीका साथमा


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज