नेपाली कामदार ठग्‍ने ‘टप ग्लोभ’माथि मलेसियामै प्रश्न, महामा’रीमा झन् शो’षण !


काठमाडौ : रामु सापकोटा/खोज पत्रकारिता केन्द्र मलेसियन पञ्‍जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले नेपालीसहित आप्रवासी कामदारमाथि श्रमशो’षण गरेर नाफा कमाउने र त्यो रकम कर छल्ने नियतले खोलिएका अफशोर कम्पनीमा लगानी गरिरहेको खु’लासा भएको छ।

मलेसियाको सबैभन्दा ठूलो सर्जि’कल पञ्‍जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले धनकुटा छिन्ताङका युवराज खड्का (२९) लाई २३ सेप्टेम्बर २०२० मा जबरजस्ती कामबाट निकालेर नेपाल फिर्ता पठायो। सन् २०१२ मा २० वर्षका युवराज एक जना एजेन्टलाई १ लाख २० हजार रुपैयाँ बुझाएर रोजगारीका लागि मलेसिया गएका थिए।

त्यहाँ उनले टप ग्लोभ कम्पनीमा काम सुरु गरे। तर, कम्पनीले मलेसियाली सरकारले तोकेअनुसारको तलब र अति’रिक्त समय काम गरेको थप रकम दिएन। र, पनि युवराजले काम छोडेनन्। नौ वर्षसम्म काम गरेपछि भने कम्पनीले अघिल्लो वर्ष (अक्टोबर, २०२०) बलजफ्ती कामबाट निकालेर घर पठायो। खड्काको ‘अप’रा’ध’ भनेको उनले को’रोना का’लमा कामदारहरू भीडभाडमा बसेर काम गरेको देखिने तस्बिर खिचेका थिए।

ती तस्बिर सामाजिक सञ्‍जालमा सार्वजनिक गरेपछि कम्पनीले उनलाई तत्काल श्रम सम्झौता खारेज गरेर नेपाल फिर्ता पठायो। यसरी फिर्ता पठाउँदा कम्पनीले हवाई टिकटको खर्चसमेत व्यहोरेन। खोज पत्रकारिता केन्द्र (खोपके) सँग कुरा गर्दै

खड्काले ‘को’रोना महामा’रीका बेला पनि कामदार भीडभाडमा बस्नुपर्ने अवस्थाको तस्बिर खिचेको थाहा पाएर जबरज’स्ती कामबाट निकालेको’ बताए। उनले सन् २०२० को मे महिनामा उक्त तस्बिर खिचेका थिए। ‘टप ग्लोभ ख’तर’नाक कम्पनी हो। उसका वि’रुद्ध कसैले उ’जुरी ग¥र्‍यो भने व्यक्ति पहिचान गरेर दुर्व्यवहार गर्ने मात्र होइन, कामबाटै निकाल्छ,’ उनी भन्छन्, ‘त्यसैले धेरैजसो कामदार बरु ज्या’दती खप्छन् तर, कम्पनीविरु’द्ध उ’जुरी गर्दैनन्।’

अडिटरहरूले कम्पनीको स्थलगत निरीक्षण गर्ने गरे पनि उनीहरू आउनुअघि नै कामदारलाई राम्रो कुरा मात्र भन्‍न दबाब दिइने र कम्पनीले गराउने सोसियल अडिट नै पा’रदर्शी र वास्तविक नहुने खडका बताउँछन्। खड्काका अनुसार, कम्पनीले कामदारलाई सरकारले तोकेको न्यूनतम तलब नदिने, खाना नखाएका कामदारबाट समेत क्या’न्टिनले शुल्क असुल्ने, बिदाको दिन काम गर्दा अति’रिक्त भत्ता नदिनेजस्ता समस्या त्यहाँ कार्यरत धेरैजसो श्रमिकले भोगेका छन्।

खड्का मात्रै होइन, श्रम शोषणको आवाज उठाएको र विभिन्‍न ठाउँमा गुना’सो गरेको भनेर अरू नेपाली कामदारलाई पनि टप ग्लोभले कामबाट निकालेको छ। काभ्रेका वीर तामाङ तीमध्येकै एक हुन्। मलेसियास्थित आप्रवासी कामदारबारे आवाज उठाउँदै आएका नागरिकहरूको संस्था माइग्रे’न्ट वर्कर्स् राइट टु रिड्रेस कोलिसनद्वारा २५ जनवरी २०१९ मा प्रकाशित एक विज्ञप्तिमा टप ग्लोभले कामदारलाई तोकिएको भन्दा बढी समयसम्म काममा लगाउने, ऋ’णको ब’न्धनमा पार्ने, असुरक्षित रूपमा काममा लगाउने, तलब रोकिदिने र पासपोर्ट नदिनेजस्ता काम गरेको उल्लेख छ।

टप ग्लोभले को’रोना महामा’री सुरु भएपछि पनि कामदारमाथि शोषण गरिरहेको विवरण सार्वजनिक भए। ८ अप्रिल २०२० मा मलेसियाका विपक्षी दलका सांसद चार्ल्स सान्टियागोले नियामक निकाय र उत्पादकहरूले कम्पनीका कामदारहरूको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने बताएका थिए। उनले बेलायतको एक मिडियासँग कुरा गर्दै कामदारले जो’खिम मोलेर काम गरे वापत अतिरिक्त रकम दिनुपर्ने भए पनि कम्पनीहरूले त्यसो गर्न अस्वी’कार गरेको बताएका थिए।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज