फेसबुक डाउन भएका बेला ७ करोड नयाँ यूजरले ज्वाइन गरेको टेलिग्रामको दावी


फेसबुक डाउन भएका बेला ७ करोड नयाँ यूजरले ज्वाइन गरेको टेलिग्रामको दावी

गत सोमबार साँझ फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्राम डाउन भएको लगभग ६ घण्टाको अवधिमा ७ करोड यूजर बढेको टेलिग्रामले दावी गरेको छ।

कम्पनीका संस्थापक पावेल डुरोभले मंगलबार मुख्य मेसेजिङ प्लेटफर्ममा ६ घण्टासम्म समस्या आउँदा आफ्ना यूजर बेस बढेको बताएका हुन्।

फेसबुकले कन्फिगरेशनमा भएको गल्तीका कारण ह्वाट्सएप, इन्स्टाग्राम तथा मेसेन्जरजस्ता आफ्ना प्रमुख एपहरु ६ घण्टाका लागि डाउन हुँदा साढे ३ अर्ब मानिसहरु यी प्लेटफर्मको सेवा लिनबाट वञ्चित भएको जनाएको थियो।

‘टेलिग्रामको दैनिक वृद्धि अचानक ठूलो परिमाणमा बढेको थियो भने हामीले त्यतिबेला एकैदिनमा अन्य एप/प्लेटफर्मका ७ करोड आगन्तुक यूजरहरुलाई स्वागत गर्याैं’, डुरोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्।

उनले थुप्रै व्यक्तिहरुले एकै समयमा साइन अप गरेकाले अमेरिकाका केही यूजरहरुले एप स्लो भएको महसुस गरेको हुनसक्ने पनि बताए।

यस विषयमा रुसले उक्त घटनाले मस्कोले आफ्नै स्वायत्त इन्टरनेट प्लेटफर्म तथा सामाजिक सञ्जाल विकास गर्न खोजेको कदम सही भएको पुष्टि भएको बताए।

ह्वाट्सएपको झण्डै ६ घण्टा लामो आउटेजले सोमबार क्रिप्टोकरेन्सीदेखि रुसी पेट्रोलियम पदार्थको कारोबारमा निकै असर पारेको बजार विश्लेषकहरुले बताएका छन्।

तर टेलिग्रामजस्ता भर्खरै उदाउँदै गरेका प्रविधि कम्पनीहरुलाई भने यो आउटेजले फाइदा पुर्याएको उनीहरुको भनाइ छ।

TK Viber

प्रकाशित: २० आश्विन २०७८, बुधबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज