एउटा बगको कारण ९ करोड डलरको क्रिप्टोकरेन्सी प्रयोगकर्ताहरुको खातामा, फिर्ता गर्न सिईओको आग्रह


एउटा बगको कारण ९ करोड डलरको क्रिप्टोकरेन्सी प्रयोगकर्ताहरुको खातामा, फिर्ता गर्न सिईओको आग्रह

क्रिप्टोकरेन्सीको बारेमा केहि मानिसहरु धेरै उत्साहित देखिन्छन् भने यस बारेमा केहि मानिसहरुको दिमागमा धेरै प्रश्नहरु उठ्ने गर्दछ। त्यहाँ धेरै देशहरु छन् जहाँ यसलाई सही मानिन्छ र कारोबार बैध छ।

क्रिप्टोको सन्दर्भमा हालै एउटा केस अगाडि आएको छ, जसले सबैलाई चकित बनाएको छ। भर्खरै वित्तीय प्लेटफर्म कम्पाउन्डमा आएको एक अपडेटमा भएको एउटा “बग” ले सो प्लेटफर्मका प्रयोगकर्ताहरुको क्रिप्टोकरेन्सी वालेटमा सिधै ९ करोड डलर पठायो । त्यसपछि यसको सीईओले प्रयोगकर्ताहरुलाई यो क्रिप्टो रकम फिर्ता गर्न अपील गरेका छन्।

यो गडबड क्रिप्टोकरेन्सी प्लेटफर्मको लागी एक ब्ल्याक स्पट हो, जसले भविश्यमा परम्परागत वित्त प्रणालीलाई अन्त्य गर्ने प्रणालीको रूपमा हेरिएको थियो। विकेन्द्रीकृत वित्त (Defi) प्लेटफर्महरुमा बैंक वा अन्य बिचौलियाहरु हुँदैनन, जसले कोषहरुको प्रबन्धनको लागी कम्प्यूटर कोडद्वारा पूर्ण रूपबाट नियन्त्रित प्रयोगकर्ताहरु बीच स्मार्ट कन्ट्र्याक्टमा भरोसा गर्दछ ।

यसले प्राय: ‘कोड कानून हो’ भन्ने मान्यतालाई जोड दिन्छ र कम्प्यूटर कोड सिस्टमलाई नियन्त्रण गर्दछ। तर आलोचकहरुकाअनुसार, जब कोडमा गल्तीहरु हुन्छन्, त्यसबेला यो प्रयोगकर्ताहरुको लागी गाह्रो हुन्छ।

कयौं क्रिप्‍टो प्रोजेक्‍टको आलोचना गर्ने अमेरिकन फर फाइनान्सियल रिफर्मका एक वरिष्ठ नीति विश्लेषक एन्ड्र्यू पार्कले भने, “वर्तमान बैंकिङ्ग प्रणालीको आलोचना गर्ने कारणहरु छन्, तर यस्तो समस्या हुन नदिन धेरै सुरक्षा उपायहरु छन्।” एजेन्सी

TK Viber

प्रकाशित: २० आश्विन २०७८, बुधबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज