घाँसे मैदानमा फसेको श्री एयरलाइन्सको जहाज निकाल्ने प्रयास जारी


काठमाडौँ, १९ असोज –
त्रिभुन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ क्षेत्रको घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज निकाल्ने प्रयास जारी रहेको विमानस्थल व्यवस्थापनले जनाएको छ ।

विमानस्थलका कर्मचारीहरुले गल, गैंती लगायतका उपकरण प्रयोग गरी धसिएको पाङ्ग्रालाई माथि उठाएर बाहिर निकाल्ने प्रयासमा जुटेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

नाइननानएफ कल साइन भएको क्यू ४००–८ जहाज काठमाडौँबाट नेपालगञ्जका लागि बिहान ९ः३३ मा उडान भर्ने क्रममा धावनमार्गमा ट्याक्सी गर्ने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँसे मैदानमा फस्न पुगेको तिवारीले बताए ।

उनका अनुसार फसेको जहाज निकाल्ने प्रयास भइरहेको छ । जहाजमा कुनै क्षति भएको छैन । सो जहाज धावनमार्गमा नभएकाले उडान भने सञ्चालन भइरहेको छ ।

उक्त जहाजमा चालक दलका चारसहित ८० जना सवार थिए ।

<!---->

नारायणीअनलाइनबाट साभार

हाम्रो फेसबुक पेज