राप्रपा नेता लिङ्गदेन भन्नुहुन्छ : लु’टेको धन चोख्याउने माओवादी एजेण्डाको कांग्रेस भरिया बन्यो ।


काठमाडौ : राप्रपा नेता तथा सांसद् राजेन्द्र लिङ्देनले स्रोत नखुलेको धन लगानी गर्न खुला गरेकोमा गठबन्धन सरकारको आ’लोचना गरेका छन्। अपराध र अप’राधपूर्ण कारोबारबाट आर्जित धनलाई २०८० साल चैत मसा’न्तभित्र उद्योग र

उत्पादनमूलक क्षेत्रमा लगानी गरे त्यसको स्रोत नखोज्ने प्रतिस्थापन विधेयक गठबन्धन सरकारले ल्याएकोप्रति उनले अप’त्ति जनाएका हुन्। उनले यु’द्ध कालमामा ओवादीले बैंक, वित्तीय संस्था र व्यक्तिका धन सम्पत्ति कब्जा गरी जम्मा गरेको धनलाई खुला गरी वैधता दिन खोजेको र माओवादीको

साथमा रहेर कांग्रेसले पनि यस्तो अप’राधपूर्ण कार्यको म’तियार बनेको आरोप लगाए। ‘यु’द्धकालमा लु’टिएको सम्पत्ति विभिन्न व्यक्तिका नाममा विदेशमा लुकाएर राखिएको छ, त्यही धनको बलमा रातारात व्यवसायीको नाममा उदाएका केही व्यक्तिको नाममा लगानी गर्ने र कालो धनलाई चो’ख्याएर त्यही धनले

अझ अ’पराधपूर्ण काम गर्न खोजिँदैछ,’ लिङ्देनले नेपालन्युजसँग भने, ‘यो नेपालले अन्तर्राष्ट्रिय प्रो’टोकलमा हस्ताक्षर गरेको मान्यता विपरीत छ। नेपाललाई कालो धनको अन्तर्राष्ट्रिय केन्द्र बनाएर बदनाम गर्ने प्रयास अविलम्ब रोकिनुपर्छ।’

उनले माओवादीको नेतृत्व लेलुटेका पैसालाई वैधता दिएर छद्म व्यवसायी उत्पादन गरेको र उसलाई अहिले माओवादी नाम नै घाँ’डो भएकोसमेत बताए। ‘माओवादी त यस्तै अपराधपूर्ण छबिका कारण सकेसम्म आफ्नो नाम नै फेरेर अर्को राख्न चाहान्छ,

तर काग्रेस चाहिँ माओवादीको एजेण्डा बोकेर हिँडेको छ,’ उनले भने, ‘कांग्रेसका नेता कार्यकर्ता मा’रेर लु’टेको धन सेतो पारिदिन आज कांग्रेस नै माओवादीको एजे’ण्डा बोकेर हिँड्नु’जस्तो कांग्रेस कार्यकर्ताको लागि लाजमर्दो कुरा के हुनसक्छ?’ उनीहरुको सम्पत्ति छानविन गरी राज्यले लिनुपर्ने उनको सुझाव छ। -नेपालन्युज बाट

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज