उज्यालाोका नायक कुलमान उत्रिए एक्सनमा, प्रचण्डलाई बनाए पहिलो निशाना !


काठमाडौ : कुलमान घिसिङलाई बिधुत प्राधिकरणको प्रमुख बनाउन मेन रोल खेलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्लाबाट बिधुत प्राधिकरणले एक्सन लिन थालेको छ ।

कुलमानको निर्देशन पछि प्रचण्डको गृहजिल्लाबाट भाडा तिर्न अटेर गर्ने इन्टरनेट र केबल टिभीको तार काटेर बिधुत प्राधिकरण एक्सनमा उत्रिएको हो । नेपाल विद्युत प्राधिकरण एक्सनमा उत्रिएको छ । प्राधिकरण बिजुलीको खम्बा प्रयोग

गरेबापत भाडा तिर्न अटेर गर्ने इन्टरनेट र केबल टिभीको तार काटेर एक्सनमा उत्रिएको हो ।विराटनगर वितरण केन्द्रले तीन ठाउँमामा इन्टरनेट र केबल टिभी तार काटेर एक्सनमा उत्रिएको हो । शनिबार दिउँसो प्राधिकरणले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र ग्रामथान गाउँपालिकामा इन्टरनेट र

केबल टिभीको केबल काटिदिएको विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काले बताए । विराटनगर महानगरपालिका–३ स्थित पुष्पलाल चोकमा प्राधिकरणले तार काटिदिएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर १ र २ र ग्रामथान

गाउँपालिका वडा नम्बर ३ र ४ मा पनि पोलमा बिच्छयाइएको तार काटेको हो ।इन्टरनेटको तार काटिदिएपछि त्यस क्षेत्रका अधिकांश उपभोक्ताहरु इन्टरनेट सेवाबाट बञ्चित भएका छन् ।
बिजुलीको खम्बा भाडाको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरण र इन्टरनेट तथा टिभी केबल प्रशारकहरुबीच विवाद छ ।

सेवा प्रदायकहरुले भाडा प्रयोग गरे बापतको रकम भुक्तानी गर्न नमानेपछि तार कटौती गरेको हो ।प्राधिकरणले २०७४ सालमा भएको सम्झौता बमोजिमको भाडा तिर्न ताकेता गरेको थियो भने इन्टरनेट प्रदायकहरुले तिरेका छैनन् ।

विराटनगरमा इन्टरनेट प्रदायक र टिभी केबल प्रशारकहरुसमेत गरी ८ वटा कम्पनीले नेपाल विद्युत प्राधिकरणको बिजुलीको खम्बा प्रयोग गरेका छन् । ती कम्पनीले २०७५ सालदेखि प्राधिकरणलाई बिजुलीको पोल प्रयोग गरेबापत भाडा तिरेका छैनन् ।आर्थिक वर्ष २०७७-७८ सम्मको झण्डै ५ करोड हाराहारीमा बक्यौता असुल गर्न बाँकी छ ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज