एमाले उपमहासचिव पौडेल – Thulo Khabar


१८ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेको दाबी गरेको छ । पार्टीको विधान महाधिवेशनमा कसैले पनि फरक मत दर्ज नगरेको उनको भनाइ छ ।

सोमबार पार्टीको विधान महाधिवेशनसँग केन्द्रित रहेको सोमबार पत्रकारसँग कुरा गर्दै एमाले संगठन विभाग प्रमुख समेत रहेका पौडेलले विचार, संगठनसहित पार्टी सबै हिसाबले एकतावद्ध रहेको दाबी गरे ।

‘पार्टीको औपचारिक, आधिकारिक निकायमा, कमिटीमा होला, महाधिवेशनमा होला । ती ठाउँहरुमा व्यक्तिले आफ्नो विचार व्यक्त गर्छ । कमिटीले अथवा अधिवेशनले निर्णय गर्छ,’ उनले भने, ‘त्यो निर्णयमाथि कसैको असहमति रह्यो भने उसले औपचारिक रुपले बैठकको माइन्युटमा दर्ज गर्नुपर्छ । औपचारिक रुपमा दर्ज भयो भने देखिन त्यसलाई फरक मत मानिन्छ । यदि कसैले औपचारिक रुपमा फरक मत राखेन भने देखिन ऊ पार्टीको निर्णयसँग सहमत भयो भन्ने मानिन्छ ।’

उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको जिकीर गरे । विधान महाधिवेशनको उपस्थिति, त्यहाँ भएको छलफल र रिपोर्टिङपछि पार्टी विभाजन नभएको आफूहरुको निष्कर्ष सही सावित भएको उनको तर्क छ ।

पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति संकेत गर्दै स्वार्थवस, कुण्ठावस र इस्र्यावस केही साथीहरु अलग भएको र भ्रममा परेर पार्टी छाडेकाहरु पुनः फर्किने क्रम शुरु भएको दाबी गरे ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज