रामकुमारी झाँक्री भन्नुहुन्छ : अब सिंहदरबारमा खड्गप्रसाद ओलीको प्रवेश त उहाँको जिन्दगीमा समाप्तै भयो ।


काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव रामकुमारी झाँक्रीले अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएर सिंहदरबार प्रवेश गर्ने कुरा सम्भव नभएको बताएका छन् ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्,‘अब सिंहदरबारमा खड्गप्रसाद ओलीको प्रवेश त उहाँको जिन्दगीमा समाप्तै भयो । जनादेशलाई कुल्चिएको व्यक्तिलाई फेरि पनि जनताले मौका दिन्छन् भन्ने नै लाग्दैन् ।

खड्गप्रसाद ओली र उनका ७० करोडदेखि सबै प्रकरणहरु सिंहदरबारमा छिर्नु चाहीँ करिब करिब अब अन्तिम नै हो । अब सम्भव छैन त्यो कुरा ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज