सामसङको ग्यालेक्सी ए५० अक्टोबर २०२१ सेक्युरीटी प्याच अपडेट पाउने पछिल्लो फोन


सामसङको ग्यालेक्सी ए५० अक्टोबर २०२१ सेक्युरीटी प्याच अपडेट पाउने पछिल्लो फोन

सामसङले आफ्ना स्मार्टफोनमा अक्टोबर २०२१ एन्ड्रोइड सेक्युरिटी प्याच  अपडेट उपलब्ध गराउने शुरु गरेको छ।

यस क्रममा कम्पनीले हालै ग्यालेक्सी ए५० स्मार्टफोनमा उक्त नयाँ अपडेट दिएको छ। यो अपडेट पाउने ग्यालेक्सी ए५० नै पछिल्लो डिभाइस भएको बुझिएको छ।

ग्यालेक्सी ए५० अक्टोबर सेक्युरिटी प्याच पाउने सामसङको एउटा मिड रेन्जको फोन हो। यो बाहेक अक्टोबर २०२१ सेक्युरिटी प्याच पाउने अन्य सबै फोनहरु फ्ल्यागशिप स्तरका रहेका जनाइएको छ।

यो नयाँ फर्मवयर ए५०५जीयूबीएस९सीयूआई३ भर्सनका साथ आउने तर यसले एन्ड्रोइड सेक्युरिटी प्याचको लेभल बढाउने बाहेक खासै केही सुधार नल्याउने जीएसएमअरिनाले उल्लेख गरेको छ।

यो अपडेट हाल बोलिभिया, कोलम्बिया तथा डोमिनिकन रिपब्लिकमा भइरहेको र अनर्य देशहरुमा चाँडै विस्तार गरिने बताइएको छ।

TK Viber

प्रकाशित: १७ आश्विन २०७८, आईतवार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज