चितवनमा आजै इन्टरनेट सूचारु गर्ने सरोकारवालाविच सहमती,पोलभाडा तिर्ने बिषयमा निर्णय भएन


चितवन,असोज १७-

चितवनमा हिजो (शनिवार) देखि अबरुद्ध इन्टरनेट सेवा आज (आइतबार) देखि सूचारु हुने भएको छ । आज जिल्ला प्रशासन कार्यालय चितवनमा इन्टरनेट प्रदायक संस्थाहरु र सरकारी निकायका प्रतिनिधि विच भएको छलफलमा इन्टरनेट सेवा सूचारु गर्ने सहमती भएको हो ।

प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जिल्लामा अत्यावश्यक सेवा इन्टरनेट बन्द नगर्ने सहमती भएको नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘जिल्लामा इन्टरनेट सेवा सूचारु भइसक्यो,सूचारु नभएको ठाँउका ग्राहकले खबर गर्नुहोला ।’

पोल भाडा लगायतका बिषयमा केन्द्रिय सरकारले माग सम्बोधन गर्ने प्रजिअ तामाङ्गले बताउनुभयो । अत्याबश्यक सेवा भएकाले इन्टरनेट बन्द गर्न नपाइने उहाँको भनाई छ । सहकार्य गरेर काम गर्ने सहमती भएपनि पोल भाडा तिर्ने विषयमा भने ठोस निर्णयमा नपुगेको उहाँले बताउनुभयो । नेपाल विद्युत प्राधिकरणले पोल भाडा प्रयोग गरेबापतको रकम नतिरेको भन्दै इन्टरनेट प्रदायक संस्थाको तार काटिदिएको थियो । शनिवारदेखि चितवनमा इन्टरनेट सेवा प्रभावित छ ।

<!---->

नारायणीअनलाइनबाट साभार

हाम्रो फेसबुक पेज