एमाले विधान महाधिवेशनमा पत्रकारलाई पनि प्रवेश अनुमति – Thulo Khabar


१७ असोज, काठमाडौं । विधान महाधिवेशनको हलमा आज पत्रकारहरुलाई पनि प्रवेश गर्न दिइने नेकपा एमालेले जनाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज ११ बजेदेखि पत्रकारहरुलाई पनि महाधिवेशन हलमा प्रवेश दिइने जानकारी दिएका हुन् ।

विधान महाधिवेशन प्रतिनिधिको रुपमा एमाले निकट पत्रकारहरु शुरुदेखि नै सहभागी छन् ।

आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिने छन् । यसैगरी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावबारे जवाफ दिनेछन् ।

असोज १५ गतेदेखि सुरु विधान महाधिवेशन आज सक्ने तयारी छ । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी छन् ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज