सिम स्वापिङ्ग स्क्याम रोक्न अमेरिकी संघीय सञ्चार आयोगले नयाँ नियम ल्याउँदै


सिम स्वापिङ्ग स्क्याम रोक्न अमेरिकी संघीय सञ्चार आयोगले नयाँ नियम ल्याउँदै

सिम परिवर्तन स्क्यामहरु यी पछिल्ला केहि बर्षहरुमा बढ्दै गएको भन्दै अमेरिकी संघीय सञ्चार आयोगले नयाँ नियम बनाउन खोजिरहेको छ। अहिले धेरै अनलाइन सेवाहरु ग्राहकहरुको फोन नम्बरसंग जोडिएको छ र यसको दूरुपयोगले पीडितहरुको जीवन बर्बाद गर्ने क्षमता छ।

अब, संघीय सञ्चार आयोगले नयाँ नियम बनाउन खोजिरहेको छ जसले सिम परिवर्तन स्क्याम र पोर्ट आउट धोखाधडी रोक्न मद्दत पुर्‍याउनेछ। यी दुबै प्रविधिहरु मानिसहरुको फोन नम्बर र पहिचान चोर्नको लागी डिजाइन गरीएको जस्तो भएको छ। स्क्यामरहरुले नियमितरुपमा विश्वभरका देशहरुमा यस्तो कार्य गर्ने गर्दछन्।

आयोगले यो सिम हाइज्याकको दुबै तरीकाले महत्वपूर्ण कष्ट, असुविधा र आर्थिक नोक्सानी भोग्नु परेको उपभोक्ताहरुबाट धेरै उजुरी प्राप्त भएको बताएको छ।

सिम स्वापिङ्ग एक प्रविधि हो जसमा एक खराब व्यक्तिले एक वायरलेस क्यारियरको सेवालाई पिडितको नम्बर नियन्त्रण गर्न को लागी स्थानान्तरण गर्न आश्वस्त गर्दछ। जब एक खराब व्यक्तिले सफलतापूर्वक शिकारको सेवा र नम्बर अर्को क्यारियरमा स्थानान्तरण गर्दछ त्यसलाई पोर्ट आउट फ्रड भनिन्छ।

सम्भावित पीडितको फोन नम्बरहरुको नियन्त्रण गर्न स्क्यामरहरुलाई कठिन बनाउन एफसीसीले ग्राहक स्वामित्व नेटवर्क सूचना (सीपीएनआई) र स्थानीय नम्बर पोर्टेबिलिटी नियमहरुमा संशोधन गर्न चाहेको छ। विशेष गरी, यो एक नयाँ फोन वा अर्को क्यारियरमा आफ्नो सेवा हस्तान्तरण गर्न सहमत हुनु अघि एक व्यक्तिको पहिचान प्रमाणीकरणमा प्रदायकहरुले अधिक सुरक्षित तरीका अपनाउन चाहन्छ।

आयोगले एउटा नियम पनि प्रस्ताव गरेको छ जसमा प्रदायकहरुले ग्राहकहरुलाई सूचित गर्न जरुरी हुन्छ जब उनीहरुको खातामा सिम स्विच वा पोर्ट आउट अनुरोध गरिन्छ।

हाल यो नयाँ नियम छलफलको क्रममा छ र आयोगले सार्वजनिक सूझाब समेत माग गरेको छ। एजेन्सीका साथ

TK Viber

प्रकाशित: १७ आश्विन २०७८, आईतवार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज