जूमले “फाइभ नाइन”को स्वामित्व ग्रहण गर्ने प्रस्तावित सम्झाैता रद्द


जूमले “फाइभ नाइन”को स्वामित्व ग्रहण गर्ने प्रस्तावित सम्झाैता रद्द

कल सेन्टर सफ्टवेयर संस्था “फाइभ नाइन”का शेयरधनीहरुले विपक्षमा मतदान गरेपछि कम्पनीको १४ अर्ब ७० करोड डलरमा जूममा गाभिने प्रस्तावित सम्झाैता रद्द भएको छ।

जूमले कोरोना महामारीपछि आफ्नो व्यापार क्षेत्र विस्तारका लागि यो संस्था किन्ने योजना बनाएको थियो।

फाइभ९ का शेयरधनीहरुले द्वैध शेयर तथा वृद्धिलगायतका समस्या हुने भन्दै यसको विपक्षमा आफ्ना राय दिएका बुझिएको छ।

गत जुलाइमा घोषणा भएको सम्झाैता अनुसार फाइभ९ का शेयरधनीहरुले प्रति शेयर ०.५५३३ शेयर पाउने थिए।

फाइभ९ को बजार मूल्यमा १२.८ प्रतिशत प्रिमियम जोडेपछि हुन आउने रकम १४ अर्ब ७० करोड डलर जूमले तिर्ने समहति भएको थियो।

यस वर्षको दोस्रो त्रैमासमा वृद्धिदर घटेकाले जूमको शेयरमा २५ प्रतिशत गिरावट आएको थियो।

‘यो सम्झोताले फाइभ९ का शेयरधनीहरुलाई अझ जोखिममा पारेको साथै मानिसहरु महामारीपछिको अवस्थामा फर्किसकेकाले उनीहरुको वृद्धिको सम्भावना पनि निकै कम रहेको छ’, परामर्शदातृ संस्था इन्टरलेशनल  शेयरहोल्डर सर्भिसेज आईएसएसले गत महिना आफ्नो रिपोर्टमा उल्लेख गरेको थियो।

TK Viber

प्रकाशित: १६ आश्विन २०७८, शनिबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज