विश्वकै फास्ट इलेक्ट्रिक भेहिकल चार्जर: १५ मिनेटमा फुल चार्ज, ३ मिनेटको चार्जले १०० किमी गुड्ने


विश्वकै फास्ट इलेक्ट्रिक भेहिकल चार्जर: १५ मिनेटमा फुल चार्ज, ३ मिनेटको चार्जले १०० किमी गुड्ने

स्विजरल्याडको कम्पनी एबीबीले इलेक्ट्रिक कारका लागि विश्वकै पहिलो सबैभन्दा फास्ट चार्जर निर्माण गरेको छ।

यो चार्जरले १५ मिनेट या त्योभन्दा पनि कम समयमा इलेक्ट्रिक कारलाई फुल चार्ज गर्न सक्ने कम्पनीको दावी छ। यसबाहेक कुनै पनि इलेक्ट्रिक कार ३ मिनेट चार्ज गर्दा उक्त सवारीले १०० किमीको सम्म कुद्न सक्ने पनि बताइएको छ।

यो चार्जरको नाम टेरा ३६० मोड्यूलर राखिएको छ।

यसमा एक पटकमा बढीमा ४ ओटा ईभी चार्ज गर्न सकिने बताइएको छ।

ब्याट्रीको चार्जिङ र बाँकी समय थाहा हुने

एबीबका अनुसार नयाँ टेरा ३६० चार्जरमा रहेको इनोभेटिभ लाइटिङ सिस्टमले यूजरलाई ब्याट्री चार्जिङको अवस्ता तथा उक्त ईभी पुरै चार्ज हुन लाग्ने समयका बारेमा जानकारी दिन्छ।

यो चार्जर राख्नका लागि खासै ठूलो ठाउँ चाहिँदैन। पार्किङ, अफिस कम्प्लेक्स वा मल जस्ता व्यापारिक स्थानहरुमा पनि राख्न सकिन्छ।

अधिकतम ३६० किलोवाटको आउटपुट

निर्माता कम्पनी एबीबी अर्थात् एसिया ब्राउन बोभेरीले विशेष गरी ट्रक विमान ताथ रेलवेजस्ता व्यावसायिक सवारीको भोतिक ढाँचा तथा चार्जिङका लागि विद्युतीय सुविधा उपलब्ध गराउँदै आएको छ। एबीबीका अनुसार यो नयाँ चार्जरको अधिकतम आउटपुट ३६० किलोवाटसम्म हुने बताएको छ।

सन् २०१० मा ईभीको क्षेत्रमा हात हालेको एबीबीले हाल ८८ भन्दा बढी बजारमा ४ लाख ६० हजारभन्दा बढी इलेक्ट्रिक भेहिकल चार्जर बिक्री गरिसकेको छ। तीमध्ये २१ हजारभन्दा बढी डीसी फास्ट चार्जर तथा ४ लाख ४० हजार एसी चार्जर समावेश छन्।

त्यसबाहेक चार्ज डटमार्फत् बिक्री गरिएका चार्जरहरु पनि यो आँकडामा अटेका छन्। एबीबीले यसै वर्षको अन्त्यसम्ममा नयाँ टेरा ३६० चाजर यूरोपमा पनि आपूर्ति गर्ने बुझिएको छ। त्यसपछि अर्को वर्षसम्म अमेरिका, ल्याटिन अमेरिका तथा एशियाली देशहरुमा पनि उपलब्ध हुनेछ।

TK Viber

प्रकाशित: १६ आश्विन २०७८, शनिबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज