सन २०४५ सम्ममा कोरिया विश्वमै धेरै बूढापाका भएको देश बन्ने !


सोउल : अबको दुई दशकपछि दक्षिण कोरिया विश्वमकै सबैभन्दा धेरै बूढापाकाहरु भएको देश बन्ने प्रक्षेपण गरिएको छ। प्रक्षेपणकर्ताहरुका अनुसार अहिलेको जस्तै कोरियामा जन्मदर कम हुँदै जाने हो भने सन २०४५ मा कोरियाले

६५ बर्ष वा सोभन्दा बढि जनसंख्या भएको मुलुकको हिसाबमा जापानलाई पनि पछि पार्नेछ। सन २०५६ भित्रमा कोरियाको कुल जनसंख्याको आधाभन्दा धेरै मानिस ६० बर्षभन्दा माथिका हुने अनुमान गरिएको छ। बिहिवार राजधानी सउलमा भएको एक कार्यक्रममा कोरियाको तथ्याङ्क विभागले उपलब्ध गराएको

तथ्याङ्क र अन्य आवश्यक डाटाहरुका आधारमा प्रक्षेपणकर्ताहरुले यस्तो प्रक्षेपण गरेका हुन। कोरियामा सन २०२० मा ६५ बर्ष वा सोभन्दा बढि उमेर भएका मानिसहरुको संख्या १५.७ प्रतिशत रहको थियो। जापानमा यस्तो संख्या २८.९ प्रतिशत रहेको छ। तर प्रक्षेपणकर्ताहरुका अनुसार सन २०४५ सम्ममा कोरियामा यस्तो जनसंख्या ३७ प्रतिशत पुग्नेछ।

त्यतिबेला जापामा यस्तो संख्या ३६.७ प्रतिशतमा रहने उनिहरुको भनाई रहेको छ। सन २०३९ सम्मा कोरिया र जापानका मानिसहरुको औषत उमेर ५४ रहने छ। तर सन २०५६ मा पुग्दा कोरियालीहरुको औषत उमेर ६०.१

पुग्ने तर जापानको भने ५५.३ मात्रै रहने प्रक्षेपणकर्ताहरुको दाबी रहेको छ। कोरियाको औषत उमेर सन १९८० मा २१.८ बर्ष रहेकोमा सन २०२० मा आइपुग्दा ४३.७ पुगेको छ। कोरियामा जन्मदर निरन्तर घ’ट्दै जानुले यस्तो असर पारेको हो। गत बर्ष कोरियामा एक महिलाले औषतमा ०.८४ बच्चा जन्माउने गरेको डाटाले देखाएको थियो।

घरजग्गाको मूल्यमा अत्याधिक बृध्दि तथा म’हङ्गीका कारण मानिसहरुको दैनिक जिवनयापनमा क’ठिनाई भएका कारण कोरियामा विवाह तथा बच्चा जन्माउने जोडि कम हुँदै गइरहेको छ। बच्चा हुर्काउन आर्थिक रुपमा क’ठिनाई हुने भएकाले अहिले पनि २४.३ प्रतिशत कोरियनहरु बच्चा नजन्माउने पक्षमा रहेको पाइएको छ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज