वैदेशिक रोजगार – यसरी नक्कली म्यानपावर र एजेन्ट खडा गरेर सलबलाउन थाले दला’लहरु !


काठमाडौँ : वैदेशिक रोजगार बिभागमा नयाँ महानिर्देशकहरु परीवर्तन भएयता अनुगमनका कामहरु ठप्प भएसंगै बैदेशिक रोजगारका बे’तिथिहरु मौलाउन थालेको पाइएको छ ।

वैदेशिक रोजगारको नाममा अवैध म्यानपावरनै खडा गरि कामहरु भएको पाइएका छन् । यस्ता अवै’धानिक संस्थाको भर परेर युरोप लगायत देशमा जान चाहेका युवाहरु महिनौं/बर्षौंदेखि झुल्न बाध्य भएका छन् भने कयौंले मौखिक

कारोबार गर्दा पैसा बुझाएको प्रमाण जुटाउन नसक्दा समस्या भोग्दै आएका छन् । पछिल्लो समय युरोप लगायत देशमा पठाउने प्रलो’भन र भिजिट भिसामा रोजगारमा पठाउने अवैध काममा एजेन्टहरु सक्रिय भएका छन् । यसरी काम गर्नेहरुले बिभिन्न देशका डिमा’ण्डहरु आएको भन्दै वैदेशिक रोजगारमा

पठाउन इजाजत समेत नलिई ठूलो आर्थिक कारोबार गर्ने गरेको पाइएको छ । सरकारको अनुगमन नहुँदा सामाजिक संजालमै बिज्ञापन हालेर तथा फेसबुकलाई पैसा तिरेर खुलेयाम अवैध रोजगार प्रक्रियाको लागि अन्तर्वार्ता लिने तथा अशुली लिने

गरेको समेत पाइएको छ । यसरी काम गर्नेहरुले सरकारी निकायको कमजोरीलाई फाइदा उठाएर खुलेयाम सरकारको इजाजतनै नपाएको भएपनि युवाहरुलाई म्यानपावर भन्दै झुक्या’एर कारोबार गरेको पाइएको छ ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज