सीएनएनले किन लगायो अस्ट्रेलियामा आफ्नो फेसबुक पेज पहुँचमा प्रतिबन्ध?


सीएनएनले किन लगायो अस्ट्रेलियामा आफ्नो फेसबुक पेज पहुँचमा प्रतिबन्ध?

केबल न्यूज नेटवर्क सीएनएनले अस्ट्रेलियाली हरुलाई आफ्नो फेसबुक पेजमा पहुँच गर्नबाट रोक लगाएको वालस्ट्रीट जर्नलले उल्लेख गरेको छ।

फेसबुकको यो कदम अस्ट्रेलियाको उच्च अदालतले गत हप्ता सञ्चारमाध्यमका फेसबुक पेजमा आएका कमेन्टहरुको जिम्मेवारी सञ्चारमाध्यमले नै लिनुपर्ने निर्णय गरेपछि आएको बुझिएको छ।

सीएनएनका एक प्रवक्ताले अस्ट्रेलियाका यूजरले प्रकाशनको मुख्य फेसबुक पेज, सीएनएन इन्टरनेशनल पेज तथा कार्यक्रमहरुका लागि छुट्याइएको निश्चित पेजहरु नदेख्ने बताएका छन्।

फेसबुकमा आएका कमेन्टको नैतिक जिम्मेवारी सञ्चारमाध्यमले लिनुपर्ने भन्दै डिलन भोलर नामका व्यक्तिले दायर गरेको मुद्दामा अस्ट्रेलियाको अदालतले उजुरीकर्ताको पक्षमा फैसला सुनाएको थियो।

भोलर सन् २०१६ मा १७ वर्षको उमेरको हुँदा आपराधिक हिरासतमा लिइएका अल्पसंख्यकहरुमाथिको ज्यादतीको विरोध गर्ने क्रममा टेलिभिजनमा देखिएपछि चर्चित भएका थिए।

अधिकांश सञ्चारमाध्यमले उनको आफ्ना लेखहरुमा प्रयोग गरेर फेसबुकमा समेत पोस्ट गरेकामा कमेन्ट गर्नेहरुले भोलरलाई बलात्कार लगायतका जघन्य अपराधी भएको भन्ने मिथ्या आरोप लगाएका थिए।

सीएनएनका अनुसार अदालतले फेसबुकलाई सबै कमेन्ट डिसेबल गर्ने आग्रह गरेकोमा फेसबुकले यसो गर्न नमानेको बुझिएको छ। फेसबुकले गत मार्चमा सेलिब्रिटी, राजनीतिज्ञ तथा सञ्चारमाध्यमलाई आफ्ना फेसबुक पेजमा कमेन्ट गर्नेलाई प्रतिबन्ध लगाउन मिल्ने फिचर ल्याएको थियो।

हरेक कमेन्ट ब्लक गर्दा धेरै समय लाग्ने भएकाले प्रतिबन्ध नै लगाएको सीएनएनको भनाइ छ।

TK Viber

प्रकाशित: १४ आश्विन २०७८, बिहीबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज