मलेसियामा काम गर्दै आएका नीर बहादुर मगर एकाएक बे’पत्ता, सम्पर्क बि’हिन।


क्वालालम्पुर मलेसिया : वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न आएका एक नेपाली श्रमिक आफ्नो परिवारसंग सम्पर्क बि’हिन भएको जानकारी प्राप्त भएको छ।
सन् – २०१३ अघि रोजगारीका लागि मलेशियामा आएका

नेपाल ठेगाना मोरङको केराबारी गाउँपालिका वडा नम्बर-३ निवासी नीर बहादुर मगर एकाएक बेपत्ता,सम्पर्क बि’हिन बनेका हुन। ८ बर्ष अघि मलेशिया अएको मगर परिवार सङ करिब ६ महिना सम्म सम्पर्कमै रहेका थिए, बेला बेला घरमा फोन गरिरहन्थे तर पछिल्लो समय कैयौं बर्षदेखि एकाएक सम्पर्क

बिहिन बन्दा परिवारमा चिन्ता बढेको छ्। बिबाह गरेर धन कमाउन मलेशिया हानिएका नीर बहादुर मगरकी श्रीमतिले गत १ बर्ष अघि मात्रै अन्तै लगनगाठो कसेकि छिन्। ७ बर्ष सम्म उनले आफ्नो श्रीमानले फोन गर्छन कि कतै फर्केर पो आउछन कि भनेर बाटो कुरेर बसेकी थिईन् ।

तर श्रिमान नेपाल फर्किने छाटकाट नदेखिएपछि अर्कै लगनगाठो कस्न बाध्य भएकी बताउछिन् उनिले। आफ्नो आफन्त, ईस्टमित्र को’हिसंग पनि सम्पर्कमा नरहेपछी परिवार अच्चममा परेका छन। परिवार श्रोत भन्छन” मरेको भए पनि मृ’त श’व, लास आउनुपर्ने हो। जिउदो भए पनि सम्पर्क गर्नुपर्ने हो। केही खबर छैन।

कुनै अतोपतो छैन त्यसैले मलेसियामा रहनु भएका नेपाली हरुले खोजेर सहयोग गरिदिनुहुन हार्दिक अपिल गरेका हुन्।
मलेशियामा रहेका नेपालिहरुलाई नीर बहादुर मगरको बारे जानकारी भए परिवारको सम्पर्क नम्बर ९८१२३६४२९७, ९८१०४९५४५१ अथवा मलाया खबरको सम्पर्क नम्बर +६०११७२३२८१५० मा टेलिफोन गरि जानकारी दिन परिवारले सम्पुर्णमा अनुरोध गरेका छन। – मलायखबर

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज