मलेसियामा सुरक्षागार्डमा कार्यरत टेक बहादुर तामाङको ड्यु’टीकै क्रममा मृ’त्यु।


क्वालालम्पुर मलेसिया : वैदेशिक रोजगारीको निम्ति विगत ९ वर्ष अघि मलेसिया आएका काभ्रेपलान्चोक महादेवटार -८ का टेक बहादुर तामाङको गत आईतवार मृ’त्यु भएको छ।

मलेसियाको मीरी सरवाक स्थित सिन याङ प्लाइवुड एस’डिएन बिएचडी (shin yang plywood SDN BHD) नामक कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका तामाङ ड्यु’टीमा नै अचा|नक ढले पछि नजिकैको अस्पताल पु¥र्याउदा मृ’त्यु भइसकेको थियो।

विगत केही महिना देखि प्रेसरको रोगी रहेका तामाङ डाक्टरको सल्लाह अनुसार ओै’सधि समेत सेवन गरिरहेका थिए।
मृत’कको श’व नजिकैको अस्पतालमा राखिएको र आवश्यक कगजात तयार गरि नेपाल फर्क’नउने तयारी गरेको मृत’कका सहकर्मी अजय तामाङले जानकारी दिनुभएको छ। -मलायखबर

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज