प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक बस्दै – Thulo Khabar


प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् । बैठक आज बिहान १० बजे बालुवाटार बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ ।

बंठकमा संसदको अवरोधलाई निकास दिने लगायतका विषयमा छलफल हुनेछ ।

आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक पनि बोलाइएको छ । त्यसअघि प्रधानमन्त्री देउवादले सर्वदलीय बैठक बोलाएका हुन् । यसअघिका बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले लगातार अवरोध गरेको थियो ।

संसदको अवरोधबारे सभामुख अग्निप्रसाद सापकोटाले पहल गरे पनि निकास निस्किन नसकेपछि प्रधानमन्त्रीले नै पहल थालेका हुन् ।

सभामुख सापकोटाले बोलाएको बैठकमा त प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली सहभागी नै भएका थिएनन् ।  प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा भने पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली जाने नजाने टुंगो छैन ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज