विश्वव्यापी चिप अभाव २०२२ को दोस्रो अर्ध वार्षिकमा सकिने हुने एएमडी सिईओको अपेक्षा


विश्वव्यापी चिप अभाव २०२२ को दोस्रो अर्ध वार्षिकमा सकिने हुने एएमडी सिईओको अपेक्षा

विश्वव्यापी चिप अभाव सन् २०२२ को दोस्रो अर्ध वार्षिकमा कम गम्भीर समस्या हुने एएमडी सीईओ लिसा सुले सोमबार बताईन्। यद्यपि उनले बर्षको पहिलो आधामा चिपको उपलब्धता “सम्भवतः कडा” हुने चेतावनी दिईन्।

महामारीले सिर्जना गरेको गम्भीर आपूर्ति श्रृंखला बाधाहरुपछि चिप निर्माताहरु माग पूर्ति गर्नको लागि अझै दौडिरहेका छन्। तर गत बर्ष योजना बनाईएको प्लान्टहरुबाट आउँदो महिनाहरुमा चिप्सको उत्पादन शुरू हुने हुँदा पीसी पार्ट्स र अन्य माइक्रोचिप्सको लागी हुने कमीलाई कम गर्न मद्दत गर्ने सु ले बताएको सिएनबिसीले जनाएको छ।

क्यालिफोर्नियाको बेभर्ली हिल्समा आयोजित कोड सम्मेलनमा सुले भनिन्, “हामी सँधै उतार चढावको चक्रबाट गुज्रियौं, जहाँ माग आपूर्ति भन्दा बढि छ, वा ठिक उल्टो छ। यस पटक, यो फरक छ।”

अधिक उत्पादन क्षमता उपलब्ध हुनासाथै सुधार क्रमिकरुपमा हुने उनले बताईन्।

“तपाइँलाई थाहा छ, नयाँ उत्पादन प्लान्ट लगाउन १८ देखि २४ महिना लाग्न सक्छ, र केहि अवस्थामा यो भन्दा लामो समयसम्म,” उनले भनिन्, “यी लगानीहरु सायद एक बर्ष पहिले शुरू भएको थियो।”

एएमडीले मुख्यतया पीसी, गेम कन्सोल, र सर्भरको लागी प्रोसेसर र ग्राफिक्स चिप्स बेच्छ। कोभिड १९ महामारी २०२० मा शुरू भएयता, पीसीको बिक्री बढेको छ किनकि विश्वभरिका उपभोक्ताहरुले आफ्नो घरको लागी नयाँ कम्प्युटर किनेका छन् र उनीहरुका बच्चाहरु रिमोट क्लास गरिरहेका छन् ।

तर चिप्स र पीसी पार्ट्सको लागी माग उच्च रह्यो जबकि अर्थव्यवस्थाहरु फेरि खुल्यो, र अभाव कारसहित अन्य उद्योगहरुमा फैलियो। यसले एएमडीको स्टकलाई बढाउन मद्दत गरेको छ जसले गत वर्षको शुरुवातको तुलनामा सेयर १२० प्रतिशत भन्दा धेरै वृद्धि भएको छ।

TK Viber

प्रकाशित: १३ आश्विन २०७८, बुधबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज